हरेराम स्मृति टेटे हुने

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । हरेराम जोशी स्मृति प्रतिष्ठानको आयोजनामा १६औँ हरेराम जोशी स्मृति टेबल टेनिस प्रतियोगिता साउन २७ गतेदेखि हुने भएको छ । प्रतियोगितामा २९० पुरुष र ६० महिला खेलाडीको सहभागिता रहने प्रतिष्ठानका महासचिव राजेन्द्र कपालीले जनाउनुभएको छ ।

प्रतियोगितामा पुरुष/महिला खुला सिंगल्स, विभिन्न उमेरसमूह र भेट्रानमा गरी १० स्पर्धामा खेल हुनेछ । भदौ ७ गतेसम्म चल्ने प्रतियोगिताका खेलहरू पुल्चोकस्थित गड स्पिन टेबल टेनिस एकेडेमीको हलमा हुनेछन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?