जिम्बाबेले बंगलादेशलाई हरायो

Read Time = 3 mins

ढाका । जिम्बाबेले पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय (ओडिआई) क्रिकेटमा बंगलादेशमाथि सानदार जित हात पारेको छ । अलराउन्डर सिकन्दर राजा र इनोसेन्ट कैयाको उत्कृष्ट शतकमा जिम्बाबेले बंगलादेशलाई ५ विकेटले हराएको हो । योसँगै घरेलु टोली जिम्बाबेले तीन ओडिआई खेलको सिरिजमा १-० को अग्रता लिएको छ ।

जितका लागि ३०४ रनको विजयी लक्ष्य पछ्याएको जिम्बाबेले ४८.२ ओभरमा ५ विकेट गुमाउँदै पूरा ग¥यो । जिम्बाबेको जितमा सिकन्दर राजा १०९ बलमा ८ चौका र ६ छक्कासहित १३५ रनमा अविजित रहनुभयो । इनोसेन्ट कैयाले १२२ बलमा ११ चौका र २ छक्कासहित ११० रनको शतकीय इनिङ खेल्नुभयो । उहाँको यो पहिलो अन्तर्राष्ट्रिय शतक हो ।

चौथो विकेटका लागि राजा र कैयाले १९२ रनको सानदार शतकीय साझेदारीका साथ जितको आधार पक्का गराउनुभएको थियो । सुरुवाती दुई ओभरमा ६ रन जोड्दा जिम्बाबेले दुई विकेट गुमाइसकेको अवस्थामा उहाँहरूले पारी अघि बढाउनुभएको थियो ।

तेस्रो विकेटका लागि वेस्ली मेधर्वे र कैयाले ५६ रनको साझेदारी गर्नुभयो । मेधर्वे १९ रनमा र ल्यूक जोंगवेले २४ रनमा आउट हुनुभयो । बंगलादेशका मुस्ताफिजुर रहमान, शोरिफुल इस्लाम, मेहदी हसन र मोद्दासेक हसनले एक/एक विकेट लिनुभयो ।

त्यसअघि बंगलादेशले हरारे स्पोर्ट्स क्लबमा टस हारेर पहिला ब्याटिङ गर्दै निर्धारित ५० ओभरमा २ विकेट गुमाउँदै ३०३ रन बनायो । बंगलादेशका लिटन दास ८९ बलमा ९ चौका र १ छक्कासहित ८१ रनमा रिटायर्ट हर्ट हुनुभएको थियो । ओपनर दास र कप्तान तमिम इकबालले पहिलो विकेटका लागि २५.४ ओभरमा ११९ रनको शतकीय सुरुवात दिलाउनुभएको थियो । इकवालले ८८ बलमा ९ चौकासहित ६२ रन बनाउनुभयो ।

अनमुल हकले ६२ बलमा ६ चौका र ३ छक्कासहित ७३ रन बनाउनुभयो । मुस्फिकुर रहिम ४९ बलमा ५ चौकासहित ५२ रनमा अविजित रहनुभयो । महमुदुल्लाह रियाद १२ बलमा ३ चौकासहित २० रनमा अविजित रहनुभयो । जिम्बाबेका भिक्टर न्याउची र राजाले एक÷एक विकेट लिनुभयो । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?