मिस्टर एण्ड मिस थारूका लागि १० जिल्लामा अडिशन हुँदै

Read Time = 3 mins

काठमाडौं । ‘मिस्टर एण्ड मिस थारू’को चौथो संस्करणयस वर्ष आयोजना हुँदैछ । प्रतियोगिताका लागी अडिशनको तयारी पूरा भएको आयोजक जहइन्टरटेनमेन्टले जनाएको छ । आयोजकले गएको बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरि अडिशनको तयारी पुरा भइसकेको र अडिशनको अघिल्लो दिनसम्म प्रतियोगीले आवेदन दिन सकिने जानकारी गराएको थियो ।

आयोजक संस्थाका प्रमुख सुरेशकुमार चौधरीका अनुसार अडिशन यही साउन २१ गतेदेखि सुरु हुनेछ । प्रतियोगितामा सहभागी हुन चाहने युवायुवतीहरूले आधिकारिक वेबसाइट रजिष्ट्रेशन डट जहइन्टरटेनमेन्ट डटकममा गई आवेदन दिन सकिनेछ भने खल्ती एपमार्फत पनि आवेदन दिन सकिनेछ । खल्ती एपबाट आवेदन दिँदा १० प्रतिशत क्यासव्याक समेत सुविधा पाउने छन् । आवेदन शुल्क ६ सय तोकिएको छ ।

थारू समुदायको बाक्लो बसोबास रहेको देशका मुख्य–मुख्य शहरहरूमा अडिशन सुरु हुँदैछ । आयोजकका अनुसार साउन २१ गते (शनिबार) सुनसरीको झुम्का, पर्साको वीरञ्गज, चितवनको भरतपुर र बाँकेको नेपालगञ्ज, साउन २४ गते (मंगलबार) मोरङको विराटनगर, सिरहाको लहान र कैलालीको टीकापुर, साउन २८ गते (शनिबार) काठमाडौं, दाङ र बुटवलमा अडिशन हुँदैछ ।

अडिशनका लागि निर्णायकहरू तय गरिसकिएको इभेन्ट निर्देशक रूपेश चौधरीले जानकारी दिनुभयो । प्रारम्भिक चरणमै उत्कृष्ट प्रतियोगी छनोट गर्नका लागि आयोजकले तयारी व्यापक पारेको छ । अडिशनबाट छनौट भएकाहरूलाई भदौंमा अभिमुखीकरणमा सहभागि गराइने छ । त्यसलगत्तै प्रतियोगिताको ग्राण्ड फिनाले हुनेछ । प्रतियोगिताका विजेताले नगद, क्राउनलगायत उपहार पाउने छन् ।

यस प्रतियोगिता सन् २०१७ देखि सुरुवात भएको थियो । पहिलो संस्करणको मिस्टर थारू चन्दन चौधरी हुनुभएको थियो भने मिस थारू जेनिशा चौधरी हुनुभएको थियो । त्यस्तै २०१८ को मिस्टर थारू रविन चौधरी र मिस थारू आकृति चौधरी हुनुभएको थियो । २०२१ मा भएको तेस्रो संस्करणको मिस्टर थारू प्रशान्त हुजदार र मिस थारू लिभा थारू हुनुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?