हाम्रो विचार मेल खान सकेन : मेलिना

Read Time = 1 min

काठमाडौं । गायिका मेलिना राईले गत वैशाखमा गरेको इन्गेजमेन्ट तोड्नुभएको छ । प्रेमी संगीतकार सञ्जीव बराइलीसँगको इन्गेजमेन्ट तोडेकी भन्दै गायिका मेलिनालाई औपचारिक जानकारी आफ्नो फेसबुकमार्फत दिनुभएको हो ।

आफूहरूबीच वैचारिक मतभेद देखिन थालेपछि इन्गेजमेन्ट तोड्ने निर्णय लिन बाध्य भएको मेलिनाको भनाइ छ । सबै इन्गेजमेन्ट विवाहमा परिणत हुनुपर्छ भन्ने बाध्यकारी नहुनेसमेत मेलिनाले उल्लेख गर्नुभउको छ ।

उहाँले लेख्नुभएको छ, ‘एउटा परिस्थितिमा हामी दुईबीच भविष्यमा सँगै जीवन बिताउने सोचसहित त्यो निर्णय गरिएको थियो । समय छोटै भए पनि जिन्दगीको बारेमा लामो विमर्श भयो । हामीबीच वैचारिक पक्षमा स्पष्ट मतभेत देखिन थाल्यो अर्थात् हाम्रो विचारमा मेल खान सकेन । धेरै समीक्षा र आत्मसमिक्षापछि कमजोर साधन चढेर बलियो साध्य चुम्न धेरै कठिन हुन्छ भन्ने निष्कर्षमा पुगियो ।’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?