म्हेन्दोमाया र नेपाली गायनमा कीर्तिको लोकप्रियता बढ्दो

Read Time = 4 mins

काठमाडौं । गायन क्षेत्रमा आफूलाई अग्रपंक्तिमा राखेर आफ्ना प्रस्तुतिमार्फत धेरैको तारिफ बटुल्न सफल हुनुहुन्छ कीर्ति तमाङ । नुवाकोटको म्यागङ गाउँपालिका-२ बुङताङ बर्चेत स्थायी घर भई काठमाडौंलाई कर्मथलो बनाएर उहाँले आफ्ना क्रियशन श्रोता/दर्शकमाझ पस्किरहनुभएको छ । बुबा कालीबहादुर तामाङ र माता ल्हजा तामाङका नौ सन्तानमध्ये कान्छा कीर्ति आफ्नो नाम जस्तै गायन क्षेत्रमा कीर्ति राख्ने कार्यमा तल्लिन हुनुहुन्छ आफ्ना प्रस्तुतिमार्फत ।

२०५८ सालमा काठमाडौं आउनुभएका उहाँ २०५९ सालदेखि निरन्तर गीतसंगीतमा हुनुहुन्छ । गाउँमै एसएलसी गर्नुभएका तामाङले प्लस टुको अध्ययन क्याम्बृज कलेजबाट गर्नुभयो भने पब्लिक युथ क्याम्पसबाट ब्यचलरसम्मको अध्ययन गर्नुभएको छ । गीतसंगीततर्फ आफ्नो सानैदेखिको रुचि भए पनि परिवारको सर्पोट भने खासै नभएको उहाँ बताउनुहुन्छ । संगीतको औपचारिक शिक्षा लिएर यस क्षेत्रमा होमिनुभएका उहाँले भारतको इलाहावादबाट शास्त्रीय संगीतमा स्नातक सम्मको अध्ययन गर्नुभएको छ ।

‘नम्बरी सुन’ पहिलो गीत रेकर्ड गराउनुभएका र्कीति तामाङले नेपाली र तामाङ गीतमा आफ्नो स्वर दिनुभएको छ । उहाँका यी दुवैमा १५० भन्दा गीत श्रोता/दर्शकमाझ आएका छन् । थुप्रै गीत लोकप्रिय रहेका तामाङको पहिलो एल्बम ‘सरगम’ हो भने पहिलो म्हेन्दोमाया एल्बममा ‘वाला वाला ग्रम्बरी’ थियो ।

‘नम्बरी सुन’ पहिलो गीत रेकर्ड गराउनुभएका तामाङले नेपाली र तामाङ गीतमा आफ्नो स्वर दिनुभएको छ । उहाँका यि दुवैमा १५० भन्दा गीत श्रोता/दर्शकमाझ आएका छन् । थुप्रै गीत लोकप्रिय रहेका उहाँको पहिलो एल्बम ‘सरगम’ रहेको थियो भने पहिलो म्हेन्दोमाया एल्वममा ‘वाला वाला ग्रम्बरी’ रहेको थियो । यो एल्बम म्हेन्दोमाया क्षेत्रमा सबैभन्दा बढी दर्शक तथा श्रोताले मनपराएको एल्बमको रूपमा रहेको छ । यसै गीतबाट उहाँले सर्वोत्कृष्ट म्हेन्दोमाया गायको अवार्ड चुम्न सफल हुनुभएको थियो । गीतसंगीतको यात्रामा देशका विभिन्न ठाउँहरूमा पुगेर आफ्ना प्रस्तुतिमार्फत धेरैको मन जित्न सफल उहाँ कतार, दुवै मलेशियालगायत अन्य देशमा पनि जानुभएको छ ।

गीतसंगीतका क्षेत्रमा पुर्‍याएको योगदान स्वरूप थुप्रै मान सम्मान र पुरस्कार प्राप्त गर्नुभएका तामाङले ज्योति फिल्मस् अवार्ड, जेनिस अवार्डलगायत अवार्ड चुम्न सफल हुनुभएको छ । गीतसंगीत क्षेत्रमा रहर र लहलहैमा आउनुभन्दा यो क्षेत्रका बारेमा विस्तृत बुझेर र पढेर आउन नयाँ प्रतिभालाई उहाँ सल्लाह दिनुहुन्छ । ‘आफूमा क्षमता छ भने आउनुहोस् रहर पूरा गर्न नआउनुहोस्’, तामाङको सुझाव छ । यस क्षेत्रमा देखिएका गुट उपगुटका कारण प्रतिभावान धेरै कलाकार ओझेलमा परेको उहाँको गुनासो छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?