सिटिजन्सका थप दुई मुद्दती योजना

Read Time = 2 mins

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले थप आकर्षक मुद्दती योजना ‘सिटिजन्स चिरायु मुद्दती योजना’ तथा ‘रेमिट्यान्स चिरायु मुद्दती योजना’ खाता ल्याएको छ । उक्त नयाँ योजनाहरू बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले चितवनमा आयोजित तीनदिने लिडरसिप डेभलपमेन्ट तथा क्यापिसिटी बिल्डिङ कनक्लेभ कार्यक्रमबीच घोषणा गर्नुभएको हो ।

शाखा प्रबन्धकहरू तथा वरिष्ठ व्यवस्थापकलाई सम्बोधन गर्दै उहाँले बैंकलाई अब्बल बनाउने घोषणासमेत गर्नुभयो । सिटिजन्स चिरायु मुद्दती योजनाअन्तर्गत ग्राहकले १३ वर्ष चार महिनादेखि २२ वर्ष एक महिनासम्म मुद्दती खातामा रकम जम्मा गरेअनुसार साँवा तथा व्याजबापत लाग्ने करपछि एकमुष्ठ चार गुणादेखि १० गुणासम्म निक्षेप रकम फिर्ता पाउन सक्ने बताइएको छ ।

रेमिट्यान्स चिरायु मुद्दतीका ग्राहकले १२ वर्ष तीन महिनादेखि २० वर्ष तीन महिनासम्म मुद्दती खातामा रकम जम्मा गरेअनुसार साँवा तथा व्याजबापत लाग्ने करपछि एकमुष्ठ चार गुणादेखि १० गुणासम्म निक्षेप रकम फिर्ता सक्नेछन् । उल्लेखित योजनाअन्तर्गत व्यक्तिगत ग्राहकले बैंकका कुनै पनि शाखामार्फत् न्यूनतम ५० हजार मौज्दातमा खाता खोल्न सक्नेछन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?