उन्नति कल्चरल भिलेजद्वारा तालिम

Read Time = 2 mins

काठमाडौं । उन्नति भिलेजले ललितपुरको होटल भिभान्तामा तालिमको आयोजना गरेको छ । उन्नति कल्चरल भिलेज चौधरी फाउन्डेसन नेपाली कला, शिल्प, साहित्य र खानाको प्रवद्र्धन गर्दै दिगो सामाजिक विकासतर्फ केन्द्रित सामाजिक संस्था हो ।

चौधरी फाउन्डेसनले कला र सिर्जनशील क्षेत्रका प्रबन्धकको क्षमता निर्माण र नेटवर्किङका लागि प्रतिबद्ध आर्टथिंक साउथ एसियासँगको सहकार्यमा आयोजना गरेको तालिममा करिब ३४ सहभागीको सहभागिता रहेको बताइएको छ ।

सो अवसरमा कला व्यवस्थापन, कलामा रणनीतिक योजना, संगठनात्मक पहिचान भिजन र मिसन, कलाको बजारीकरण, कला बजारीकरणका उद्देश्य र रणनीति, मानव संसाधन व्यवस्थापनको महत्व, संगठनात्मक नीति र कला तथा सांस्कृतिक क्षेत्रमा कोष संकलनलगायत विभिन्न विषयमा अन्तरक्रिया सञ्चालन गरिएको थियो । कला प्रबन्धकका रूपमा चार दशकको अनुभव संगालेका आर्टथिंक साउथ एसिया र खोज भारतकी पूजा सुद र रुचिरा दासले सहजीकरण गर्नुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?