काठमाडौं । मानव पुस्तकालयको दास्रो कार्यक्रम सम्पन्न भएको छ । प्रत्येक महिनाको तेस्रो शनिबार सम्पन्न गरिने उक्त कार्यक्रम नव पुस्तकालय तथा ज्येष्ठ नागरिक भवन सुकेधारामा आयोजना गरिएको थियो । साहित्यकार विष्णुप्रसाद पन्तको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन साहित्यकार कलानिधि दाहालले गर्नुभएको थियो भने मानव नै एउटा खुल्ला पुस्तकालय हो र उसमा अथाहा ज्ञान हुने भएका कारण उक्त ज्ञान सबैमा बाँड्नु पर्दछ भन्ने उद्देश्यका साथ आयोजना गरिने उक्त कार्यक्रममा साहित्यकार प्रा.डा. जितेन्द्रध्वज खाँड प्रमुख अतिथि रहनु भएको थियो भने विशिष्ट अतिथि पूर्वसचिव गोपीनाथ मैनाली हुनुहुन्थ्यो ।
मुक्तिनाथ दर्शन साहित्य समाज तथा नवपुस्तकालयको संयुक्त आयोजनामा सञ्चालन भएको उक्त कार्यक्रममा हरिभक्त सिग्देल महेश, प्रा.डा.अर्जुनदेव भट्ट, पूर्वप्रशासक जयमुकुन्द खनाललगायत व्यक्तिहरूले कार्यक्रमका बारेमा बोल्नुभएको थियो । उक्त कार्यक्रममा साहित्यकार महेश रिजालले माइक, रामचन्द्र खनालले सोफा र सुचिता काफ्लेले भित्तेघडी तथा पंखा उक्त पुस्तकालयलाई दिने वचनबद्धता प्रकट गर्नुभएको थियो । यसअघि माछापुच्छे बैंक लिमिटेडद्वारा उक्त पुस्तकालयलाई प्लाष्टिकका २५ वटा कुर्सीहरू प्रदान गरिएको थियो ।
कार्यक्रममा युवराज मैनाली, डा. गिसुपनिख प्रसीको, कृष्णप्रसाद बस्याल, विनोद दाहाल वत्स, सुचिता काफ्ले, नीलमणि भट्टराई, प्रदीप भट्टराई, विनोद पोखरेल, ध्रुव लाकौल, ज्ञानुराम दवाडी, केशवराज दाहाल, कल्पना दाहाल, सुशीला धमला धमला, दीपक खनाल, थरेन्द्र बराल, रामचन्द्र दाहाल, दुर्गा अधिकारी भमरकोटे लगायत व्यक्तिहरूले प्रमुख अतिथि तथा विशिष्ट अतिथिलाई विभिन्न प्रश्नहरू सोध्नुभएको थियो ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका