तेहरान । इरानी अधिकारीहरूले आफ्ना पतिको हत्या गरेको आरोपमा बुधबार तीन महिलालाई मृत्युदण्ड दिएको मानव अधिकार परोपकारी संस्थाले जनाएको छ । इरानको मानव अधिकार समूहका अनुसार गत साता मात्रै मृत्युदण्ड दिइएको ३२ जनामध्ये उनीहरू पनि हुन् ।
मृत्युदण्डले बढवा पाएको अधिकारीहरूको विश्वास छ । गत वर्षको तुलनामा यस वर्ष अहिलेसम्म दोब्बर मानिसहरूलाई मृत्युदण्ड दिइएको छ ।
इरानले पनि अन्य देशको तुलनामा धेरै महिलाहरूलाई मृत्युदण्ड दिने गरेको उनीहरूमध्ये अधिकांशलाई आफ्नो पतिको हत्या दोषी ठहर गरिएको अधिकारवादी समूहहरूले रिपोर्ट गरेका छन् । पछिल्लो पटक मृत्युदण्डको सजाय पाउनेमा बाल विवाह गरेकी एक युवती पनि छन् ।
बुधबार इरान मानव अधिकार समूहले सोहिला अबादीलाई पतिको हत्या गरेको अभियोगमा झुन्डाइएको छ । अबादीको १० वर्षअघि १५ वर्षको उमेरमा विवाह भएको थियो ।
-एजेन्सी
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका