काठमाडौं । नेपाली काँग्रेसकी सांसद डा. डिला संग्रौला पन्तले प्रधानन्यायाधीशका बिरुद्धमा सर्वोच्च अदालतमा आन्दोलन भएपनि उहाँले सहज निकास नदिएका कारण महाअभियोग लगाउनुपरेको बताउनु भयो ।
आईतवारको प्रतिनिधि सभा बैठकमा महाअभियोगको प्रश्तावमाथि छलफलका क्रममा बोल्दै उहाँले जबराले अदालतभित्र बेथितिलाई उत्कर्षमा पु-याएको बताउनु भयो । उहाँले भन्नुभयो, ‘यो प्रश्ताव उपयुक्त छ । किनभने न्यायालय भित्र विविध विकृति, बेथितिलाई उत्कर्षमा पु-याएको । न्यायालयमा बिचौलियाको राज बढाएको तथा मुद्दा फैसलामा समेत मिलेमतो गरेको भनि लामो समयसम्म नेपाल बार एशोसिएशन, नागरिक समाज, आन्दोलनमा उत्रिएका थिए । यसको सहज निकास स्वयं निलम्बित प्रधानन्यायाधीशले दिनुपर्ने थियो । उहाँले मार्ग प्रशस्त गर्नुभएन । त्यसको सहज निकासको लागि यो महाअभियोगको प्रस्ताव हामीले दर्ता गरेका हौँ ।’
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका