काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हुम्लाको अदानचुली गाउँपालिकाका निमित्त कार्यकारी अधिकृत टकदत्त प्याकुरेलसहित चार जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
हुम्लाको अदानचुली–१ स्थित थलाल्नादेखि कल्खेसम्म र वडा नं। ४ स्थित लौठीदेखि रिल्म हुँदै बिगोठीसम्मको सडक निर्माणमा उनीहरुले २१ लाख ४७ हजार ४९२ रुपैयाँ भ्रष्टाचार गरेको ठहर गर्दै अख्तियारले आज उनीहरु विरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।
अख्तियारले आज मुद्दा दायर गरेका अन्यमा अदानचुली गाउँपालिकाका इन्जिनियर मकरध्वज शाही, असिस्टेण्ट सव–इन्जिनियर विनोद थापा र ठेकेदार गणेश भण्डारी रहेका छन् ।
दायर गरिएको मुद्दामा उनीहरु सबैसँग २१ लाख ४७ हजार ४९२ रुपैयाँ बिगो दाबी गरिएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच