झापामा साइकलबाट लडेर एक जनाको मृत्यु

Read Time = 1 min

झापा । झापाको कचनकवलमा साइकलबाट लडेर एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा कचनकवल गाउँपालिका ५ स्थित पाठामारी निवासी ५० वर्षीय सुकुरू गणेश रहेका छन् । आइतबार बिहान ११ बजे पाठामारी बजारबाट साइकलमा सवार गणेश घरतर्फ जाने क्रममा काली मन्दिर नजिकैको कल्भर्टमा लडेर घाइते भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

घाइते भएका गणेशलाई तत्काल उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र बनियानी लगेको र उनको उपचारको क्रममा मृत्यु भएको प्रहरीको भनाइ छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?