चेल्सीको विजयी सुरुवात

Read Time = 2 mins

लन्डन । इंग्लिस प्रिमियर लिगको नयाँ सिजन २०२२-२३ को पहिलो खेलमा चेल्सीले एभर्टनलाई १-० को जित हात पार्दै विजयी सुरुवात गरेको छ । चेल्सीको जितमा जर्जिन्होले गरेको पेनाल्टी गोल नै निर्णायक साबित भयो । उहाँले पहिलो हाफको इन्जुरी समयको आठौँ मिनेटमा गोल गर्नुभएको थियो । पेनाल्टी क्षेत्रभित्र अब्दुलाए डुकुरेले बेन चिल्वेललाई लडाएपछि रेफ्रीले पेनाल्टी दिनुभएको थियो ।

यस्तै अर्को खेलमा टोटेनहम हट्सपरले साउथहृयाम्पटनलाई ४-१ ले पराजित गर्‍यो । टोटेनहमको जितमा रायन सेस्सेनन्, एरिक डाएर र डेजान कुलुसेभ्सकीले गोल गर्दा एक गोल आत्मघाती भएको थियो ।

साउथहृयाम्पटनका लागि कप्तान जेम्स वार्ड प्राउजले सुरुवाती अग्रता दिलाउनुभएको थियो । उहाँले १२औँ मिनेटमा गोल गर्नुभएको थियो । टोटेनहमले २१औँ मिनेटमा नै खेल बराबरीमा ल्यायो । कुलुसेभ्सकीको क्रसमा सेस्सेनन्ले हेडरमार्फत् गोल गर्दै स्पर्सलाई खेलमा फर्काउनुभयो ।

३१औँ मिनेटमा डाएरले दोस्रो गोल गर्नुभयो । ६१औँ मिनेटमा स्पर्सले अग्रता दोब्बर पार्‍यो । एमर्सन रोयलको क्रसलाई क्लियर गर्ने क्रममा सालिसुले आफ्नै पोस्टमा गोल गरेपछि स्कोर ३-१ भएको थियो । त्यसको एक मिनेट नबित्दै कुलुसेभ्सकीले एमर्सनकै पासमा गोल गर्दै ४-१ को जित दिलाउनुभयो । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?