पेरिस । पेरिस सेन्ट जर्मेन (पिएसजी) ले नयाँ सिजनको फ्रेन्च ली वानमा सानदार सुरुवात गरेको छ । अर्जेन्टिनी फरवार्ड लियोनल मेस्सीले दुई गोल र एक असिस्ट तथा ब्राजिली फरवार्ड नेयमारले तीन असिस्टसँगै एक गोल गर्नुभएपछि पिएसजीले सानदार जित हात पारेको हो ।
पिएसजीले घरेलु टोली क्लेरमन्ट फुटमाथि ५-० को सानदार जित हात पारेको हो ।
खेलको नवौँ मिनेटमा नेयमारले मेस्सीको पासमा गोल गर्दै गर्नुभएको थियो । २६औँ मिनेटमा अचरफ हाकिमीले नेयमारको पासमा गोल गर्नुहुँदै अग्रता दोब्बर पार्नुभयो । ३८औँ मिनेटमा कप्तान मार्किन्हसले नेयमारकै पासमा गोल गर्नुभएपछि पिएसजीले पहिलो हाफमा ३-० को अग्रता बनायो ।
खेलको ८०औँ मिनेटमा नेयमारको हृयाट्रिक असिस्टमा मेस्सीले गोल गर्नुभएपछि पिएसजीले अग्रता बढायो । ८६औँ मिनेटमा मेस्सीले लियान्द्रो ड्यानियल पारेडेसको पासमा व्यक्तिगत दोस्रो र टोलीका लागि पाँचौैँ गोल गर्नुहुँदै पिएसजीलाई सानदार जित दिलाउनुभयो ।
यो जितसँगै पिएसजीले ३ अंक जोडेको छ । क्लेरमन्टले अंक जोड्न सकेको छैन । मोनाको र लियोनले पनि विजयी सुरुवात गरेका छन् । एजेन्सी ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका