नेपालमा छायांकन भएको बलिउड चलचित्र ‘उचाइ’को फष्र्टलुक सार्वजनिक

Read Time = 1 min

काठमाडौं । नेपालमा छायांकन भएको बलिउड चलचित्र ‘उचाइ’को फष्र्टलुक सार्वजनिक गरिएको छ । राजश्री फिल्मको ब्यानरमा निर्माण गरिएको फिल्म मित्रता दिवसका दिन आइतबार सार्वजनिक गरिएको छ ।

पोस्टरमा हिमाल चढ्दै गरेका तीन कलाकारको तस्वीर समेटिएको छ । चलचित्रमा अमिताभ बच्चन, अनुपम खेर, बोमन इरानीलगायत कलाकारको अभिनय छ । पोष्टरमा पनि तिनै तीनजना साथीलाई देखाइएको छ । मित्रताको कथावस्तुमा आधारित चलचित्रको सुरज बड्जात्याले निर्देशन गर्नुभएको हो ।

चलचित्रमा डेनी डेनजोङ्पाको पनि विशेष भूमिका छ । यो चलचित्र नेपालका विभिन्न हिमाली भेगमा सुटिङ गरिएको थियो । चलचित्र आगामी ११ नोभेम्बरका दिन रिलिज हुँदैछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?