घनश्यामको गाईजात्रे झटारो ‘लुटतन्त्र’ सार्वजनिक

हिमालय टाइम्स
Read Time = 2 mins
A A- A+

काठमाडौं । नजिकिँदै गरेको गाईजात्राका लागि भन्दै हास्य कलाकार घनश्याम गौतमले हास्य व्यंग्यले भरिएको गाईजात्रे झटारो ‘लुटतन्त्र’ सार्वजनिक गर्नुभएको छ । समसामयिक राजनीतिक विषयवस्तु र नेताहरूको काम माथि ‘लुटतन्त्र’मा व्यंग्य गरिएको छ ।

‘डाँडाघरे साइली’ बोलको गीतमा प्यारोडीसमेत बनाइएको ‘लुटतन्त्र’को प्यारोडीमा गौतमकै शब्द तथा स्वर छ । ‘लुटतन्त्र’मा सुभाष गजुरेल, कमल मैनाली, दमन रूपाखेती, घनश्याम गौतम, सुरेश तिमल्सिना, प्रेम शर्मा पौडेलले, सरिता राजोपाध्याय, गीता थापा, डम्बर घिमिरे, पशुपति दंगाल, विष्णु रोक्का, सविता खड्का, सानु घायल, सुरेन्द्र क्षेत्री, खगेन्द्र गुरागाईं, मनकुमार विश्वकर्मा सुलभ श्रेष्ठलगायतको अभिनय लेख्न सकिन्छ ।

केशव अधिकारी खत्री निर्माता रहेको ‘लुटतन्त्र’को प्यारोडीमा कोरियोग्राफर र सम्पादन प्रेम शर्मा पौडेलले गर्नुभएको हो । भने लेखन, परिकल्पना तथा निर्देशन गौतमकै छ । ‘लुटतन्त्र’ भ्रष्टचार, महँगी, बेथिति र भ्रष्ट नेता तथा मन्त्रीहरूको भण्डाफोर भएको निर्देशक गौतमले बताउनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?