काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गत मिडिया टाक्स फोर्स अर्थात् सूचना तथा प्रकाशन कार्यदल गठन गरिएको छ । एनआरएनए प्रवक्ताद्वय शिव बरुवाल र सोमनाथ सापकोटाले संघको विधानबमोजिम संयुक्तरूपमा कार्यदल गठन गर्नुभएको हो । कार्यदलको एनआरएनएलाई सूचना तथा प्रकाशनसम्बन्धी नीतिगत विषयमा सुझाव दिने मुख्य कार्य रहेको छ ।
प्रवक्ताद्वय बरुवाल र सापकोटाको संयोजकत्वमा रहेको कार्यदलमा चारजना सल्लाहकार र २५ जना सदस्य रहेका छन् । सल्लाहकारमा भगिरथ योगी (युके), दधि सापकोटा (फ्रान्स), हेमन्त काफ्ले (अस्ट्रेलिया) र नरेश खपांगी मगर (युके) रहनुभएको छ । एनआरएनएको समाचार संयोजकको जिम्मेवारी नेपाल पत्रकार महासंघ बेलायतका पूर्वअध्यक्ष तथा नागरिक न्युजका बेलायत संवाददाता चिरन शर्मा दिइएको छ । साथै एक दर्जन पत्रकारलाई समाचार विज्ञका रूपमा समेटिएको एनआरएनएद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।
एनआरएनएका महासचिव गौरीराज जोशी र केशव पौडेलको विभागअन्तर्गत रहेको कार्यदलका प्रवक्ताद्वयको सिफारिसमा उपमहासचिवद्वय रामशरण सिंखडा र नारायण काफ्लेले अन्तिम रूप दिएको कार्यदलका सदस्य सचिव डा. चिरञ्जीवी खड्काले बताउनुभएको छ ।







ड्युटीमै रहेका प्रहरी सहायक निरीक्षक
संसद बैठकमा प्रधानमन्त्री बालेन्द्र साह
वरिष्ठ चिकित्सक उपाध्यायको निधन
विश्व रोबोटिक्समा नेपाली चेलीको ऐतिहासिक
कर्णाली : संघर्ष, सम्भावना र
काठमाडौंमा ठूलो परिमाणमा नक्कली दूध