हेल्थ एट होममा अब रेडियोलोजी सेवा पनि

Read Time = 2 mins

काठमाडौं । हेल्थ एट होम मेडप्रो इन्टरनेसनल प्रालिले घरमै पुगेर रेडियोलोजी सेवा सुरु गरेको छ । यसअघि घरमै पुगेर स्वास्थ्य सेवा प्रदान गर्दै आएको हेल्थ होमले घरमै रेडियोलोजी सेवा सुरु गरेको हो । ओछ्यानमै रेडियोलोजी सेवा चाहिने बिरामीलाई लक्षित गर्दै कम्पनीले घरदैलो सेवा सुरु गरिएको कम्पनीले जनाएको छ । कम्पनीले अल्ट्रासाउन्ड र इकोकार्डियोग्राफी सेवा प्रदान गर्नेछ ।

निकट भविष्यमा एक्सरे र अन्य रेडियोलोजी सेवासमेत थप्ने लक्ष्य रहेको कम्पनीले जनाएको छ । उक्त सेवाको उद्घाटन महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालका भूतपूर्व एचओडी प्राडा रामकुमार घिमिरे र मेडिसिटी अस्पतालका प्रमुख डा. रामकुमार घिमिरेले संयुक्तरूपमा गर्नुभयो । उक्त सेवाको नेतृत्व डा. प्रदीपराज रेग्मी र डा. उज्जल भट्टराईले गर्नुभएको छ ।

हेल्थ एट होमका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत डा. विशाल ढकालले नयाँ सेवा विभाग थपिएपछि मात्रै समुदायमा बिरामीको हेरचाह गर्ने प्रतिबद्धता अझ बलियो भएको बताउनुभयो । डा. ढकालका अनुसार विगत १२ वर्षदेखि हेल्थ एट होमले घर-घरमा पुगेर स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ । हालसम्म हेल्थ एट होममार्फत् करिब एक लाखभन्दा बढी घरपरिवारले सेवा लिइसकेका छन् ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?