‘एसइइपछि उत्कृष्ट गन्तव्य किस्ट कलेज’

Read Time = 4 mins

काठमाडौं । एसइइपछिको उच्च शिक्षाका लागि काठमाडौंको किस्ट कलेज विद्यार्र्थीका लागि उत्कृष्ट गन्तव्य हुन सक्ने बताइएको छ । जुन कलेज २०५२ सालदेखि प्लस टुको विज्ञान विषयबाट दुई दशक अवधिमा प्रगतिको शिखर चुम्न सफल भएको छ ।

कलेजका अनुसार वर्तमान विश्व मानव सभ्यताकै जल्दोबल्दो र अनिवार्य आवश्यकताको विषय विज्ञानबाट अध्ययन/अध्यापन सुरु गरेको कलेजले २०५४ सालदेखि पेशागत हिसाबले समाजको फरक क्षेत्रमा अपरिहार्य बनेको जनशक्ति उत्पादनका लागि प्लस टुमा व्यवस्थापनको अध्यापन पनि सुरु गर्‍यो । २७ वर्षे इतिहास बोकेको किस्टले आफ्नो भौतिक संरचना स्तरोन्नतिका साथै अध्ययन अध्यापनका क्षेत्रमा उल्लेखनीय प्रगति गरेको कलेजले जनाएको छ ।

कलेजका प्लस टु र अन्य तहका पछिल्ला रिजल्टसमेत उत्कृष्ट रहेको बताएको छ । किस्टमा लाइब्रेरी, प्रयोगशालालगायत काठमाडौंकै सबैभन्दा उत्कृष्टमध्येमा पर्न सक्ने कलेजको भनाइ छ । अध्ययन अध्यापनको स्तरीयताको प्रतिबद्धतासहित कलेजले विद्यार्थीको समग्र व्यक्तित्व विकासमा विशेष जोड दिइएको जनाएको छ । जसका लागि नियमित अध्ययन अध्यापनका साथै विभिन्न अतिरिक्त क्रियाकलापका माध्यमबाट विद्यार्थीमा रहेको क्षमता विस्तारमा ध्यान केन्द्रित गरेको छ । उत्कृष्ट र अनुभवी शिक्षकशिक्षिकाबाट अध्यापन गराइने कलेजको उत्कृष्ट नतिजाका लागि विद्यार्थी केन्द्रित शिक्षण सिकाइमा जोड दिइएको कलेजले जनाएको छ ।

कक्षा १२ का विद्यार्थीलाई कलेजले मेडिकल, इन्जिनियरिङ तथा व्यवस्थापनमा उच्च शिक्षा अध्ययनार्थ सहयोग पुर्‍याउन निःशुल्क तयारी कक्षाका साथै विद्यार्थीको उज्जवल भविष्य निर्माणमा सहयोग पु¥याउने उद्देश्यका साथ क्यारिएर प्लानिङसम्बन्धी कार्यक्रमसमेत सञ्चालन गर्दै आएको छ । शहरी क्षेत्रको मध्य भागमा रहे पनि शान्त र सौम्य वातावरणसहितको कलेजमा प्रशस्त खुला स्थानसमेत रहेको बताइएको छ ।

शहरका विभिन्न भागसम्म यातायात सुविधाका साथै छात्र र छात्राका लागि कलेजमा छुट्टाछुट्टै होस्टलको व्यवस्था पनि रहेको कलेजले जनाएको छ । प्लस टुका साथै स्नातकतर्फ बिबिए, बिआइएम, बिआइटी, बिबिएस/बिएससी माइक्रोबाइलोजी तथा स्नातकोत्तरतर्फ एमबिएस÷एमएससी माइक्रोबाइलोजीसमेतको अध्यापन हुने किस्ट कलेज विद्यार्थीको उत्कृष्ट गन्तव्य हुन सक्ने कलेजको भनाइ छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?