जुम्लाबाट चुनाव लड्दै ज्ञानेन्द्र शाही

हिमालय टाइम्स
Read Time = 1 min
A A- A+

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रवक्ता ज्ञानेन्द्र शाही जुम्लाबाट प्रतिनिधि सभा सदस्य निर्वाचन लड्ने हुनुभएको छ । त्यसबारे औपचारिक जानकारी दिन आज उहाँ काठमाडौंको थापागाउँस्थित अर्पण पार्टी प्यालेसमा पत्रकार सम्मेलन गर्दै हुनुहुन्छ ।

दिउँसो साढे २ बजे पत्रकार सम्मेलन गरेर जुम्लाबाट चुनाव लड्ने औपचारिक जानकारी गराउने उहाँले बताउनुभयो ।

पत्रकार सम्मेलनमा पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन लगायतका नेताहरू पनि सहभागी हुने उहाँले बताउनुभएको छ ।

एक मात्र निर्वाचन क्षेत्र रहेको जुम्लाबाट २०७४ मा माओवादी केन्द्र गजेन्द्र महत ‘कार्मा’ निर्वाचित हुनुभएको थियो । अहिले पनि माओवादीबाट महत र कर्णाली प्रदेशका गृहमन्त्री भइसकेका नरेश भण्डारीको चर्चा रहेको छ ।

२०७८ फागुन ६ गते शाही राप्रपामा प्रवेश गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?