कांग्रेस शीर्ष नेताको बैठक बालुवाटारमा जारी

फईल फाेटाे

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । नेपाली कांग्रेसका शीर्ष नेताहरुको बैठक बालुवाटारमा सुरु भएको छ । सत्तारुढ दलबीच तालमेल गर्ने निर्णयपश्चात् पहिलोपटक शीर्ष नेताहरु सम्मिलित बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसेको हो ।

तालमेलको मोडालिटी तय गर्न बनेको कार्यदलको बैठक बस्नुअघि शीर्ष तहको छलफल सुरु भएको हो । बैठकमा पूर्वपदाधिकारी समेत सहभागी छन् ।

कार्यदलको बैठक आज दिउँसो तीन बजे बस्दै छ । कार्यदलमा कांग्रेसबाट महामन्त्री गगन थापा, नेता कृष्ण सिटौला र सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्की सहभागी हुनुहुन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?