बागेश्वरी मन्दिर परिसरमा बाल उद्यान बनाइँदैै

हिमालय टाइम्स
Read Time = 2 mins

नेपालगञ्ज । नेपालगञ्जस्थित बागेश्वरी मन्दिर परिसरलाई आकर्षक बनाउन बाल उद्यान निर्माण गरिने भएको छ । मन्दिरको पूर्वतर्फ रहेको खाली जग्गामा उद्यान निर्माणको काम सुरु गरिएकोे छ । आइतबार नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले उक्त उद्यान शिलान्यास गर्नुभएको थियो ।

यही पुस ५ गतेभित्र निर्माण सम्पन्न गर्ने गरी रु एक करोड ८२ लाखको लागतमा उच्चकोटी गोरखनाथ बजरङ्ग जेभीले निर्माणको जिम्मा पाएको नगर प्रमुख विष्टले बताउनुभयो । उहाँका अनुसार करिब रु छ करोड लागत अनुमान गरिएको बाल उद्यानभित्रको करिब पाँच दशमलव पाँच कठ्ठा जग्गामा पहिलो चरणमा रेष्टुराँ, पार्किङ, फुटपाथ, सटरसहितको आधारभूत काम हुनेछ ।

डिपिआरअनुसार आधुनिक संरचनासहितको बाल उद्यान र दुई तले रेष्टुराँ निर्माण गरिनेछ । यसबाट बागेश्वरी मन्दिरको सौन्दर्यमासमेत सहयोग पुग्ने अपेक्षा गरिएको छ । पहिलो चरणको निर्माण सम्पन्न भएपछि दोस्रोचरणको निर्माण कार्य अघि बढाइने उपमहानगरपालिका प्राविधिक शाखा प्रमुख भूपेन्द्र बोहराले जानकारी दिनुभयो । रासस

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?