आसमायालाई मिस धरान आइकनको उपाधि

Read Time = 2 mins

काठमाडौं । ‘वाईवाई मिस धरान आईकन-२०२२’को उपाधि आसमाया राईले जितेकी छन् । ब्ल्याक पिग इन्टरटेन्मेन्टको आयोजना र साहारा इन्टरटेनमेन्टको व्यवस्थापनमा आयोजना भएको प्रतियोगिताको विजेता राईले क्राउनसँगै नगद ५० हजार रुपैयाँ र हङकङ भ्रमणको मौका पाएकी छन् ।

प्रतियोगितामा प्रजना राई फस्ट रनरअप र श्वेता विश्वकर्मा पोख्रेल सेकेन्ड रनरप बनेकी छन् । राई र विश्वकर्माले क्रमशः नगद ३० हजार र २० हजारसँगै क्राउन र पुरस्कार जिते ।

धरानमा पहिलोपल्ट आयोजना भएको प्रतियोगितामा निवा लिम्बू मिस पर्सनालिटी, श्वेता पोखरेल मिस बेस्ट वाक र मिस कन्जिनालिटी, रानु श्रेष्ठ मिस फोटोजेनिक, सेलि श्रेष्ठ मिस मल्टिमिडिया, रोजनी लिम्बूले भ्युवर्स च्वाइस, जेनिस्ना श्रेष्ठ मिस डिसिप्लिन, विपिका लिम्बू मिस कल्चरल ड्रेस र सृष्टि लामा मिस चार्मिङ बने ।

प्रतियोगिताको कोरियोग्राफी मिस तामाङ २०१९ प्रदेश १ विजेता तथा मिस टुरिजम क्विन वल्र्डवाइड २०१९ की बेस्ट स्माइल प्रजिता तामाङले गरेकी थिइन् । प्रतियोगिताको निर्णायकमा शिवराज श्रेष्ठ, अभिनेता गजित विष्ट, अयुव केसी, सानुबाबा सुब्बा, गायक एपी शेर्पा, सुमन श्रेष्ठ, पत्रकार गोपाल दाहाल, मिस पूर्वाञ्चल २०१३ नेहा बजाज, मिस टुरिजम नेपाल २०१५ चन्द्रिका मोते, मिस पूर्वाञ्चल २०१७ की फस्ट रनरअप सिमरन श्रेष्ठ, मोटिभेसनल स्पिकर सुरेश राई, पाथीभरा जब लिंकका सञ्चालक पवन अधिकारी र रंगकर्मी नविन मेन्याङ्वो थिए ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?