सीता माध्यमिक विद्यालयमा ११ जना मात्रै प्राविधिक तर्फका विद्यार्थी

Read Time = 6 mins

-विजय रावत
जुम्ला । जुम्लाको तिला गाउँपालिका– १ स्थित रारामा रहेको सीता माध्यमिक विद्यालयमा तीन वर्षे डिप्लोमा इन सिभिल ईञ्जिनीयरिङ तहमा ११ जनामात्रै विद्यार्थी अध्ययनरतछन् । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् भक्तपुरबाट मान्यता प्राप्त सो विद्यालयमा प्राविधिक तर्फमा अध्ययन गर्ने ४८ जना विद्यार्थीको कोटा हुदाँपनि अहिले ६ जना पुर्णःशुल्क र ५ जना छात्रवृत्ति कोटामा मात्रै विद्यार्थी अध्ययनरत रहेकाछन् । प्राविधिक धारका विद्यार्थी नहुँदा शैक्षिक सत्र २०७९ को लागी तीन वर्षे डिप्लोमा इन सिभिल ईञ्जिनीयरिङ तहमा भर्नाका लागी अहिले विद्यार्थीको खोजीमा विद्यालय लागेको विद्यालयका प्रधानाध्यापक शिव प्रसाद पाण्डेले बताउनुभयो ।
विद्यालयमा प्राविधिक धारमा अध्ययन गर्ने विद्यार्थी नहुँदा सिभिल ईञ्जिनीयरिङतर्फ पढाईमा विद्यालयलाई सकस भएको छ । शिक्षक लाई तलब दिनपनि गाह्रो भएको छ । विद्यालयको कुनै आन्तरिक स्रोत पनि छैन नजिककै रहेको स्थानीय सरकारले पनि सहयोग गरेको छ्र्र्रैन विद्यालयका प्रअ पाण्डेले भन्नुभयो,“गाउँमै सिभिल ईञ्जिनीयरिङ विषय पढाई भईरहेको छ । तर विद्यार्थी भर्ना हुने आएका छैन कम पैसाले घरमै दक्ष जनशक्तिबाट पढाइ हुने गरेको छ । पुर्णःशुल्क र छात्रवृत्ति कोटाबाट अध्ययन गर्ने चाहिने विद्यार्थीलाई यो वर्षबाट पालिकाका नौवटै वडालाई पत्रचार समेत गरिएको विद्यालयका प्रअ पाण्डेले बताउनुभयो ।
विद्यालयमा विद्यार्थी आकर्षण गर्नेका लागी प्राविधिकतर्फ चाहिने पुस्तकालय, कम्प्युटर, ल्याब तथा प्रविधियूक्त सुविधा सम्पन्न प्रयोगशाला,सर्भे क्याम्प,शैक्षिक भ्रमण तथा अवलोकनका माध्यमबाट सम्बन्धित स्थानमै पुगेर प्रयोगात्मक शैलीको अध्ययनलाई विशेष जोड देखी विद्यार्थीलाई बस्नका लागी निःशुल्क छात्रबासको समेत व्यवस्था विद्यालयले गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बिर बहादुर बुढाले जानकारी दिनुभयो ।

शिक्षक नियुक्तमा चलखेल

सीता माध्यमिक विद्यालयले तीन वर्षे डिप्लोमा इन सिभिल ईञ्जिनीयरिङतर्फ पढाई हुने विषयहरुमा शिक्षक नियुक्तिमा कुनै मापदण्ड पुरा नगरी नियुक्त गरेको पाइएको छ । यो विषयमा विद्यालयका प्रअ शिवप्रसाद पाण्डेलाई राख्दा विद्यालयले सिभिल ईञ्जिनीयरिङको विज्ञापन गरेको छ । विद्यालयले विज्ञापन सुचना पार्टीमा पनि टासेको छ । सरकारको दरबन्दी नभएकोले आफ्नौ निजी सा्रेतबाट शिक्षक लाई सेवासुधिवा दिने सर्तमा विद्यालय व्यवस्थापन समितिको निर्णय अनुसार विद्यालय प्रशासन र यहाँका सरोकारवाला व्यक्तिको राय सुझावले शिक्षक नियुक्ति गरेको विद्यालयका प्रअ पाण्डेले बताउनुभयो ।

तर कुनै कर्मचारी वा शिक्षक भर्ना गर्दा आम नागरिकले सुचना थाहा पाउने गरी राष्ट्रिय स्तरको दैनिक पत्रिका वा स्थानीय पत्रिका र रेडियोमार्फत सुचना प्रकाशन प्रसारण गर्नुपर्ने ऐन नियम हुदाँ पनि विद्यालयले यो नियम लाई व्यवस्था गर्दे शिक्षक नियुक्त गरेको पाइएको छ । प्राविधिक धारतर्फ शिक्षक पाउन एक त गाह्रो छ । शिक्षक पाएपनि उनीहरुले भनेको जस्तो सेवासुविधा दिन पनि विद्यालयले सक्दैनन । कुनै दरबन्दी वा राहत कोटा भए ऐन नियम अनुसार पत्रिकामा सुचना प्रकाशित गर्नुपर्छ । विद्यालयले आफ्नो आर्थिक स्रोत जुटाउनु पर्ने भएकोले विद्यालयको शर्त अनुुसार सेवासुविधा दिनगरी शिक्षक नियुक्ति गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बुढाले बताउनुभयो ।

विद्यालयले गरेको विज्ञापन केबल औपचारिकता पूरा गर्नका लागी मात्रै गरेको पाइएको छ । डिप्लोमा इन सिभिल ईञ्जिनीयरिङ पढाउने शिक्षकलाई मासिक ५० हजार र केमिस्ट्री पढाउने शिक्षकलाई मासिक ३८ हजार दिने गरी शिक्षक नियुक्ति गरिएको विद्यालय प्रशासनले जनाएको छ ।

 

 

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 Comment
  1. एक सोचाइकासाथ स्थपना हुने भन्दा नि मागिखाने भाडोका उच्च माबी यस्तै हुन जस्ले 10 सम्मको रिजल्ट राम्रो ल्याउन सक्दैन त्य्सौलाइ के गर्न दियको हो थप भारी

रिलेटेड न्युज

छुटाउनुभयो कि ?