बार्सिलोनालाई ग्याम्पर ट्रफीको उपाधि

Read Time = 3 mins

बार्सिलोना । बार्सिलोनाले जोन ग्याम्पर ट्रफीको उपाधि जितेको छ । मेक्सिकन क्लब पुमास युनाममाथि ६–० को सानदार जित निकाल्दै बार्सिलोनाले उपाधिमाथि कब्जा जमाएको हो । बार्सिलोनाको जितमा पेड्रीले दुई तथा रोबर्ट लेवान्डोस्की, औसमाने डेम्वेले, पिएरे एमरिक औवामियाङ र फ्रान्की डि जोङले समान एक/एक गोल गर्नुभएको थियो ।

खेलको तेस्रो मिनेटमा नै लेवान्डोस्कीको गोलबाट बार्सिलोनाले अग्रता बनायो । पाँचौँ मिनेटमा पेड्रीले गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर पार्नुभयो । १०औँ मिनेटमा डेम्वेलेले तेस्रो गोल गर्नुभयो । १९औँ मिनेटमा पेड्रीले व्यक्तिगत दोस्रो तथा टोलीका लागि चौथो गोल गर्नुभयो । ४९औँ मिनेटमा परिवर्तित खेलाडी औवामियाङले पाँचौँ गोल गर्नुभयो ।

८४औँ मिनेटमा अर्का परिवर्तित खेलाडी फ्रान्की डि जोङले गोल गर्दै बार्सिलोनालाई सानदार जितसहित च्याम्पियन बनाउनुभयो । बार्सिलोनाले नयाँ सिजनको ला लिगा खेल्नुअघि हरेक वर्ष जोन ग्याम्पर कप आयोजना गर्ने गर्दछ । हालसम्म ५७ पटक यो कपको आयोजना हुदा बार्सिलोनाले सर्वाधिक ४५ पटक यो उपाधि जितेको छ । गत वर्ष बार्सिलोनाले युभेन्ट्सलाई हराएर उपाधि जितेको थियो ।
एट्लेटिकोको जित

स्पेनिस क्लब एट्लेटिको म्याड्रिडले मैत्रीपूर्ण खेलमा इटालियन क्लब युभेन्ट्समाथि ४-० को सानदार जित हात पारेको छ । एट्लेटिकोको जितमा फरवार्ड अल्भारो मोराटाले हृयाट्रिक गर्नुका साथै थप एक गोल म्याथिअस कुन्हाले गर्नुभयो ।

खेलको १०औँ मिनेटमा मोराटोल गोल गर्दै टोलीलाई अग्रता दिलाउनुभयो । ४३औँ मिनेटमा मोराटाले गोल गर्दै अग्रता दोब्बर पार्नुभयो । ६२औँ मिराटाले आफ्नो पूर्वक्लब युभेन्ट्सविरुद्ध हृयाट्रिक पूरा गर्नुभयो । लोन अवधि पूरा गरेपछि मोराटा एट्लेटिको फर्किनुभएको हो । मोराटा सन् २०२० मा दुई सिजनका लागि लोनमा युभेन्ट्स पुग्नुभएको थियो ।

२९ वर्षीय मोराटाले युभेन्ट्समा दुई सिजन बिताउँदा ९२ खेलमा ३२ गोल गर्नुभएको छ । त्यसपछि इन्जुरी समयको थप गरिएको पहिलो मिनेटमा परिवर्तित म्याथिअस कुन्हाले गोल गर्दै एट्लेटिकोलाई सानदार जित दिलाउनुभयो । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?