‘मदन पुरस्कार २०७८’ का लागि उत्कृष्ट सूचीमा परेका आठ पुस्तक सार्वजनिक

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । ‘मदन पुरस्कार २०७८’ का लागि उत्कृष्ट सूचीमा परेका आठ पुस्तक सार्वजनिक गरिएको छ । मदन पुरस्कार गुठीलाई प्राप्त भएका २ सय ९९ पुस्तकमध्ये उत्कृष्ट आठ पुस्तकको सूची सार्वजनिक गरिएको हो । छनोटमा परेका यी पुस्तकहरूमध्ये एक पुस्तकलाई २०७८ सालको मदन पुरस्कार दिइनेछ । पुरस्कार राशी चार लाख रुपैयाँ रहेको छ ।

पुरस्कारका लागि प्राप्त पुस्तकहरूमध्येबाट बढीमा १० पुस्तकहरूको सूची तयार गर्न गठन भएको समितिले मदन पुरस्कार गुठीलाई आठ पुस्तकको नाम उपलब्ध गराएको गुठीका अध्यक्ष कुन्द दीक्षितले जानकारी दिनुभएको छ ।

छनोटमा परेका मध्ये डा.नवराज लम्सालको ‘अग्नि’, डा. दामोदर पुडासैनी ‘किशोर’को ‘ग्रीष्मको नीलो बतास’, वसन्त बस्नेतको ‘महाभारा’, दिपा मेवाहाङ राईको ‘यादको सन्दुक’, डा. नयनाथ पौडेलको ‘लिच्छवि लिपि’, प्रा.नीलमणि ढुंगानाको ‘व्युत्पत्तिमूलक संस्कृत-नेपाली शब्दकोश’, सुजित मैनालीको ‘सती : इतिहास र मीमांसा’ र पद्मसुन्दर जोशीको ‘हिति प्रणाली’ रहेका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?