फेरि घट्यो सेयर बजार

Read Time = 2 mins

काठमाडौं । साताको पहिलो दिन दोहोरो अंकले बढेको सेयर बजार सोमबार भने दोहोरो अंकले नै घटको छ । नेप्से परिसूचक १७.६७ अंकले घटेर २१०६.१६ अंकमा खुम्चिएको हो ।

आइतबार नेप्से १०.२७ अंकले बढेर २१२३.८२ अंकमा पुगेको थियो । सोमबार दुई सय १४ कम्पनीका ६५ लाख २७ हजार चार सय १६ कित्ता सेयर दुई अर्ब ८५ करोड ७० लाख रुपैयाँमा कारोबार भएका छन् ।

गुराँस लघुवित्त र हिमालयन हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतले बढेको छ भने युनिलिभर नेपाल, आरबिबी म्युचुअल फन्डको मूल्य पाँच प्रतिशतभन्दा धेरै र समता घरेलु लघुवित्तको चार प्रतिशतले बढेको छ ।

जानकी फाइनान्सको सेयरमूल्य सबैभन्दा धेरै अर्थात् ४.३१ प्रतिशतले घटेको बजारमा सिजर्नी पावर, एसियन लाइफलगायतको सेयरमूल्य उच्च अंकले घटेको छ ।

कारोबार रकमका आधारमा शिवम् सिमेन्ट्स शीर्ष स्थान र कारोबारमा आएको सेयर संख्याका आधारमा नेसनल हाइड्रो शीर्ष स्थानमा रहेको छ । बजार गिरावटसँगै समग्र बजार पुँजीकरण ३० खर्ब आठ अर्ब सात करोड ९६ लाख रुपैयाँ कायम भएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?