दिगो विकासका लागि जलविद्युत्मा जोड

Read Time = 3 mins

भक्तपुर । समाजको दिगो विकासका लागि ऊर्जाको भूमिका विषयक दोस्रो अन्तर्राष्ट्रिय सम्मेलन सोमबारदेखि भक्तपुरमा सुरु भएको छ । ख्वप इन्जिनियरिङ कलेज, ख्वप कलेज अफ इन्जिनियरिङ र आइपिइएसको संयुक्त आयोजनामा सुरु भएको सम्मेलनको उद्घाटन गर्दै सांसद प्रेम सुवालले ऊर्जा र जलस्रोतजस्ता महत्वपूर्ण क्षेत्रमा नेपालले अपेक्षित उपलब्धि हासिल गर्न नसक्नुमा शासक दल दोषी रहेको बताउनुभयो । देशमा उपलब्ध जलस्रोतको अधिकतम् उपयोग र व्यवस्थापन गरी कृषि उत्पादन र उत्पादकत्व बृद्धि गर्नेतर्फ राज्यले जोड दिनुपर्ने उहाँले बताउनुभयो । नेपाल जलविद्युत्को विकासमा अत्यन्त सम्भावना भएको देश भएर पनि भारतबाट विद्युत् आयात गर्नुपर्ने अवस्था दुखद भएको सुवालको भनाइ छ ।

नेपालको आर्थिक समृद्धिको महत्वपूर्ण खम्बाका रूपमा रहेको विद्युत् सस्तोमा भारतलाई बेच्ने र महँगोमा खरिद गर्ने प्रवृत्तिका कारण देश आर्थिकरूपले अझ पछाडि धकेलिँदै गएको पनि उहाँले बताउनुभयो । नेपालको समृद्धिको बाधक जलस्रोतमाथि भारतको नियन्त्रण नै भएको उहाँको भनाइ छ ।

कलेज व्यवस्थापन समितिका अध्यक्ष एवं भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतीले नेपालमा उत्पादित बिजुली बेच्न भन्दै शासक दलहरूले एमसिसीजस्ता सम्झौता संसद्बाट अनुमोदन गरेको आरोप लगाउनुभयो ।

भक्तपुर नगरपालिका उपप्रमुख रजनी जोशीले नगरपालिकाबाट सञ्चालित सात शैक्षिक संस्थाले सस्तो र गुणस्तरीय शिक्षा प्रदानमा जोड दिँदै आएको बताउनुभयो । जल तथा ऊर्जा आयोगका सचिव दिनेशकुमार घिमिरेले ऊर्जा, जलस्रोत तथा सिँचाइको उचित विकास, संरक्षण तथा प्रवद्र्धन गर्दै नेपाललाई समृद्ध बनाउन आयोग लागिपरेको दाबी गर्नुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?