सेयर कारोबार रकम पनि इसेवाबाटै भुक्तानी

हिमालय टाइम्स
Read Time = 1 min
A A- A+

काठमाडौं । टिएमएसमार्फत् खरिद गरिएको सेयर रकम अबदेखि इसेवामार्फत् भुक्तानी गर्न सकिने भएको छ । सेयर कारोबार गर्ने व्यक्तिले ब्रोकरको टिएमएसमार्फत् खरिद गरेको सेयरको रकम इसेवाबाटै भुक्तानी गर्न सकिनेछ । हाल उक्त सेवा ३५ भन्दा बढी ब्रोकरमा उपलब्ध रहेकोमा केही दिनमै अन्य ब्रोकरमा पनि उपलब्ध हुने कम्पनीले जनाएको छ ।

इसेवामार्फत् रकम भुक्तानी गर्दा आगामी कात्तिकसम्म कुनै अतिरिक्त शुल्क लाग्ने छैन । लगानीकर्ताले आफ्नो मोबाइलमार्फत् सहजै रकम भुक्तानी गर्न सकिनेछ भने नजिकको इसेवाका जोन पोइन्टमार्फत् समेत रकम भुक्तानी गर्न सकिनेछ । नयाँ व्यवस्थासँगै लगानीकर्तालाई रकम भुक्तानीकै लागि ब्रोकर कार्यालयसम्म धाउनुपर्ने झन्झटबाट मुक्ति मिल्ने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?