नमस्ते पेद्वारा लोयल्टी कार्यक्रम सुरु

Read Time = 2 mins

काठमाडौंं । नमस्ते पेले मोबाइल एप्लिकेसनमा लोयल्टी कार्यक्रम सुरु गरेको छ । उक्त कार्यक्रम सुरुवातसँगै आफ्ना प्रयोगकर्तालाई नमस्ते पेका विभिन्न सेवा प्रयोग गर्न थप उत्प्रेरित गराउन सक्ने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार नमस्ते पेको लोयल्टी प्वाइन्ट्स प्रणालीका प्रयोगकर्ताले गर्ने खर्च रकममा आधारित रहेको छ ।

प्रयोगकर्ताले एक सय रुपैयाँ खर्च गर्दा २ एनपी क्वाइनका साथै नमस्ते पेमा उपलब्ध लोयल्टी प्वाइन्ट्समा जम्मा हुने क्वाइन प्रयोग गरी विभिन्न भ्वाइस र डाटा प्याकका साथै विभिन्न कुपन तथा अनलाइन सपिङ भाउचर जित्न सक्ने बताइएको छ ।

नमस्ते पे नगदरहित समाज सिर्जनाका लागि सुरु गरिएको डिजिटल भुक्तानी सेवा हो । आधुनिक प्रविधिको प्रयोगमार्फत् सरल र सुरक्षित डिजिटल भुक्तानी सेवा प्रदान गरी बैंक र डिजिटल प्रविधिमा पहुँच भएका तथा नभएका सबै उपभोक्तालाई आधुनिक वित्तीय सेवा प्रदान गर्ने उद्देश्य रहेको कम्पनीले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?