प्रभु क्यापिटलको ‘आशा’

Read Time = 2 mins

काठमाडौं । हजुरको छोराछोरीका लागि लगानीसँगै शिक्षाबाट वञ्चित बालबालिकालाई सहयोग भन्ने नाराका साथ प्रभु क्यापिटलले जनचेतनामूलक भिडियो ‘आशा’ सार्वजनिक गरेको छ । कम्पनीले होस्टे हैंसे नामक गैरसरकारी संस्थासँगको सहकार्यमा शिक्षाको पहुँचबाट कोही पनि वञ्चित नरहून् भन्ने उद्देश्यका साथ बालदिवसका अवसरमा लिटल च्याम्प पिएमएस योजना सुरु गरेको छ ।

सोही विषयमा कम्पनीले आशा भिडियो सार्वजनिक गरेको हो । भिडियोमा मुख्य पात्र आशाजस्तै कयौं लगानीकर्ताले प्रभु क्यापिटलको पिएमएसबाट सेयर बजारमा लगानी गरिरहेका कारणले थुप्रै बालबालिकाले पूर्ण छात्रवृत्तिमा अध्ययन गरिरहेको र संख्या दिनप्रतिदिन थपिँदै गएको देखाइएको छ । कम्पनीले लिटिल च्याम्प पिएमएस भर्खरै जन्मिएका बच्चादेखि १८ वर्षसम्मका छोराछोरीको सुरक्षित भविष्यका लागि सुरु गरेको जनाएको छ ।

बालबालिकाहरू पिएमएस सेवा लिन जोडिएपछि कम्पनीले एक पिएमएसबापत एकजना गरिब तथा पिछडिएका बालबालिकाको विद्यालय खर्च बेहोर्नेछ । कम्पनीको नियमित कार्यालय समय तथा प्रभु बैंकको शाखाका साथै कम्पनीको डिजिटल एपबाट समेत योजनामा सहभागी हुन सकिने बताइएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?