फेरि पनि एनसेलको पावर सिम

Read Time = 2 mins

काठमाडौं । एनसेल आजियाटा लिमिटेडले युवाले धेरै मन पराएको आफ्नो स्टार्टर प्याक ‘सही यो ∕ पावर सिम’ पुनः सञ्चालनमा ल्याएको छ । उक्त सिममा इन्स्टाग्राम, माई फाइभलगायत विभिन्न डिजिटल सेवामा निःशुल्क पहुँचका साथै आकर्षक बन्डल सेवा प्रमुख विशेषता रहेको कम्पनीले जनाएको छ । ग्राहकले करसहित मात्र ९७ रुपैयाँमा उक्त सिम लिन सक्नेछन् ।

सिममा २० रुपैयाँ मेन ब्यालेन्ससहित सात दिनको दुई सय एमबी डाटा, २० मिनेट अननेट टक टाइम र २० वटा अननेट एसएमएस पाइने बताइएको छ । साथै युवाका लागि विशेष ‘सही यो’ प्याक लिने ग्राहकले प्याक सुचारु भएको दिनबाट ३० दिनसम्म इन्स्टाग्राम सेवा ननस्टपरूपमा निःशुल्क चलाउन सक्नेछन् । प्याक सुचारु गर्ने ग्राहकले ३० दिनसम्म माइ फाइभ सेवा पनि निःशुल्क सुचारु गर्न सक्ने कम्पनीले जनाएको छ ।

माई फाइभ सेवाअन्तर्गत ग्राहकले कुनै पाँचवटा एनसेल नम्बर पेयर गरी पाँच माइ फाइभ नम्बरमा प्रतिमिनेट ५० पैसामा कुराकानी गर्न सक्ने कम्पनीको भनाइ छ । उक्त प्याकको अर्को विशेषता भनेको ग्राहकले सिम सुचारु गरेको दुईदेखि छ महिना अवधिभित्र ५० रुपैयाँ वा सोभन्दा बढी रिचार्ज गरेमा निःशुल्क इन्स्टाग्राम र माइ फाइभ सेवा पुनः सुचारु हुनेछ ।

निःशुल्क इन्स्टाग्राम र माइ फाइभ सेवा कुल छ महिना सञ्चालनमा रहनेछ । उक्त प्याकअन्तर्गत ग्राहकले मेरो स्कुल, रमाइलो गेम्स र हंगामा म्युजिक जस्ता विभिन्न डिजिटल सेवाको ३० दिनसम्म निःशुल्क मजा लिन सकिने पनि कम्पनीले जनाएको छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?