सर्वोच्चको आदेश- न्यायाधीश साहको मुद्दाको सक्कल फाइल झिकाउनु

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । बर्खास्तीमा पर्नुभएकी पूर्व न्यायाधीश रेणुका साहको रिटमा सर्वोच्च अदालतले सक्कल फाइल झिकाउन आदेश दिएको छ ।

सोमबार नहकुल सुवेदीको एकल इजलासले न्यायपरिषदको सिफारिसमा बर्खास्तीमा पर्नुभएकी साहको सक्कल फाइल झिकाउन आदेश दिएको हो ।

साहलाई उच्च अदालतको न्यायाधीश पदमा नियुक्ति र बर्खास्ती गर्दाको निर्णय सम्बन्धी सक्कल फाइल तथा व्यक्तिगत फाइल न्याय परिषदबाट पेशीका दिन इजलास समक्ष देखाई फिर्ता लैजाने गरी झिकाउने आदेश सर्वोच्चले गरेको हो ।

गत असार २४ गते न्याय परिषद्ले न्यायाधीश साहलाई बर्खास्त गर्न प्रधानन्यायाधीशसमक्ष सिफारिस गरेको थियो । परिषद्ले साहलाई बर्खास्त गर्दा नियुक्ति लिने समयमा आफ्नो अयोग्यता लुकाएको आरोप लगाएको छ ।

बर्खास्तविरुद्ध साहले साउन १९ गते सर्वोच्च अदालतमा निर्णय बदर गर्न माग गर्दै रिट दर्ता गराउनुभएको थियो । उहाँको रिटमा न्याय परिषद, कामु प्रधानन्यायाधीश, कानुन तथा न्यायमन्त्री, सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश, दुई न्याय परिषद्का अन्य सदस्य, कामु मुख्य रजिष्ट्रार र न्याय परिषद्का सचिवलाई विपक्षी बनाइएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?