पाँच कारणले चर्चामा लाल सिंह चढ्ढा

Read Time = 3 mins

मुम्बई । बलिउड अभिनेता आमिर खान हालका दिनमा फिल्म ‘लाल सिंह चढ्ढा’का कारण चर्चामा छन् । यो फिल्मका लागि उनी प्रमोसनमा व्यस्त छन् । फिल्ममा आमिरका अलावा करीना कपूर खान र नागा चैतन्यको पनि अभिनय छ । फिल्म आगामी अगष्ट ११ मा रिलिज हुँदैछ ।

 चर्चाका यी हुन पाँच कारणः–

आमिर काम गर्न चाहदैन थिए

आमिर ‘फरेस्ट गम्प’को रिमेकमा प्रमुख भूमिकामा अभिनय गर्न चाहदैन थिए । एक अन्तर्वार्तामा उनले आफूले दुई वर्षसम्म फिल्मको स्क्रिप्ट नसुनेको खुलाएका छन् । ‘किनकी मलाई लाग्थ्यो कि फरेस्ट गम्प फेरि बनाउनु मुगल–ए–आजम र मदर इण्डियालाई बनाउनु जस्तै हो’, उनले भनेका छन् । तर जब उनले यो स्क्रिप्ट पढे, उनी आफैं प्रमुख भूमिकामा अभिनय गर्न अग्रसर भए ।

करीना थिइनन् पहिलो च्वाइस
आमिर फिल्मका लागि अभिनेत्री करीना कपूर खानलाई लिन चाहँदैन थिए । उनी कोही २५ वर्षको युवती फिल्मका लागि छनोट गर्न चाहन्थे । तर पछि उनको विचार फेरियो ।

फिल्मको कथामा चुहावट
फिल्मको कथाको चुहावट भइसकेको छ । यो फिल्ममा सन् १९८४ को सिख दंगा र संकटकालको कुरा पनि देखाइएको दाबी गरिएको छ ।

फिल्मबाट हटाइयो एडल्ट दृश्य
फिल्मलाई लिएर विरोध भएपछि एडल्ट दृश्य हटाइएको छ । यो कुराको पुष्टि स्वयं आमिरले गरेका छन् । ‘हामी चाहन्छौं कि हाम्रो फिल्म पूरा परिवारका साथ बसेर हेर्न सकियोस् । त्यहीकारण फिल्मबाट त्यो दृश्य हटाएका छौं’, आमिरले भनेका छन् ।

बहिस्कारबारे बोले आमिर
आमिर फिल्मलाई बहिस्कार गर्नुपर्ने माग प्रति दुःखी छन् । उनले दर्शकले फिल्म हेरेनन् भने आफू धेरै दुःखी हुने बताइसकेका छन् । एजेन्सी

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?