एमालेले आयोगमा आज दल दर्ता गर्दै

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधीसभा र प्रदेशसभा निर्वाचन प्रयोजनका लागि नेकपा एमालेले आज निर्वाचन आयोगमा दल दर्ता गर्दैछ ।

पार्टीका केन्द्रीय सदस्य एवं निर्वाचन विभागका उपप्रमुख निरज आचार्यका अनुसार दिउँसो साढे १२ बजे पार्टीका शिर्ष नेताहरूको उपस्थितीमा एमालेले आयोगमा दल दर्ता गर्ने कार्यक्रम तय भएको छ ।

आचार्यले दिएको जानकारी अनुसार दल दर्ताका लागि उपाध्यक्षहरू युवराज ज्ञवाली,अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा, महासचिव शंकर पोखरेल उपमहासचिवहरू प्रदिप ज्ञवाली र सचिवहरू सहितको टोली आयोग कार्यलयमा जानेछ।

निर्वाचन प्रयोजनका लागि आयोगले आइतबारदेखि दल दर्ता खुला गरेको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?