संसद बैठक जारी, समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । प्रतिनिधिसभा बैठक बसिरहेको छ । जारी बैठकमा सांसदहरुले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।

बैठकको सुरुमै र शून्य समयमा बोलिरहेका सांसदहरुले बाढीपहिरो पीडितको उद्धार र राहत, विद्युत प्राधिकरणको लापरबाहीका कारण नागरिकले ज्यान गुमाउनु परेको, सरकारले तलब वृद्धिमा कर्मचारीमा विभेद गरेको लगायतका विषयमा सरकारको ध्यानाकर्षण गराएका हुन् ।

तलब वृद्धिमा असमान भएपछि नायव सुब्बा आन्दोलनमा उत्रिएको भन्दै सांसद हृदेश त्रिपाठीले सरकारको ध्यानाकर्षण गराउनुभयाे ।

साथै शून्य समयमा उठाइएको विषय कार्यान्वयन नभएको भन्दै उनीहरुले यसका लागि रुलिङ जारी गर्न पनि सभामुखसँग माग गरे ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?