संखुवासभामा १९ वर्षीया किशोरी बलात्कृत

हिमालय टाइम्स
Read Time = 1 min

संखुवासभा । संखुवासभामा एक जना १९ वर्षीया किशोरी बलात्कृत भएकी छन् ।

ती किशोरीलाई बलात्कार गरेको अभियोगमा चैनपुर नगरपालिका-९ पिलुखोला बस्ने २१ वर्षीय दिपक शेर्पालाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

मादी नगरपालिका-६ पुलुङस्थित सामुदायिक जंगलमा दिपकले ती किशोरीलाई बलात्कार गरेको प्रहरीले जनाएको छ । अस्थायी प्रहरी पोष्ट पिलुवाखोलाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

घटनाका सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?