एमालेले विचार नमिल्ने दलसँग गठबन्धन गर्दैन : नेम्बाङ्ग

Read Time = 2 mins

-जितेन्द्र भण्डारी

पाँचथर । नेपाल कम्युनिष्ट पाटी संसदीय दलका उपनेता पूर्व सभामुख सुवासचन्द्र नेम्वाङले दूषित गठबन्धनका कारण वर्तमान सरकारले नागरिकको पक्षमा काम गर्न नसकेको बताउनुभएको छ ।

पाँचथरको फिदिममा मंगलबार प्रेस चौतारी पाँचथरले गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले दूषित गठबन्धनको सरकारले देशमा केही पनि काम गर्न नसकेको बताउनुभएको हो ।

यस्तै उहाँले आगामी मंसिर ४ गते प्रदेश र संघीय निर्वाचनमा विचार नमिल्ने दल वा समूहसँग एमालले गठबन्धन र तालमेल नगर्ने बताउनु भयो ।

एमालेले राप्रपा वा अन्य साना दलसँग मिलेर सत्तारुढ गठबन्धनसँग चुनाव लड्ने चर्चा चलिररहको भएपनि त्यसका लागि गृहकार्य र वार्ता केही नभएको उहाँको भनाइ थियो ।
सरकारका कमजोरीसँगै एमाले नेतृत्वको सरकारका पालामा भए गरेका राम्रा कामलाई एजेण्डा बनाएर जनतामाझ जाने उहाँले बताउनु भयो ।

यस्तै एमाले नेता तथा पूर्वमन्त्री योगेश भट्टराईले देशको आर्थिक स्थिति नाजुक बन्दै गएको बताउँदै यो सरकारले सुधार गर्न नसक्ने बताउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?