म्याग्दीमा भैसीले जन्मायो एउटा शरीरमा दुई टाउका भएको अनौठो पाडो

Read Time = 2 mins

-ध्रुवसागर शर्मा
म्याग्दी । म्याग्दीका एक कृषकले पालेको भैंसीले मंगलवार दुईवटा टाउको भएको अनौठो पाडो जन्माएको छ ।

बेनी नगरपालिका–५,डडुवाका किसान होमबहादुर खत्री ‘राजु’ ले पालेको भैँसीले दुई वटा टाउको भएको अनौठा पाडो जन्माएको हो ।
गाउँका अगुवा किसान खत्रीले प्रसवमा रहेको भैँसी सहजै ब्याउन भने सकेको थिएन । तरपनि आफ्नै प्रयासमा एउटै शरीरमा दुई वटा टाउका भएको पाडो जन्माएको उहाँले जानकारी दिनुभयो ।

पाडाका दुईवटा टाउका संगै दुई मुख, र चार आँखा स्पष्ट छुट्टिएका छन् । दुई टाउका भएको पाडो जन्माए पनि पाडो भने बच्न नसकेको खत्रीको भनाई छ ।

भैसीको अवस्था भने सामान्य छ । यता भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका पशु प्राविधिक सुवास रेग्मीले जिनको समस्या भएको बताउँदै यस्तो अवस्थामा सावधान अपनाउनुपर्ने बताउनु भयो । ‘यस्तो कमै हुन्छ, यस्तो अवस्थामा जन्मिएका पाडापाडी जिवित हुने सम्भावना न्यून हुन्छ’ रेग्मीले भन्नुभयो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?