एकै दिन १०९० जनामा कोरोना संक्रमण, दुई संक्रमितको मृत्यु

Read Time = 1 min

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप १ हजार ९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ३०० जनाको परीक्षणमा १०९० जनामा संक्रमण पुष्टि भएको हो ।

२ हजार ९५८ जनाको पीसीआर परीक्षण गर्दा ६५० जना र ३ हजार ३४२ जनाको एन्टिजेन परीक्षण गर्दा ५३० जनामा संक्रमण देखिएको मन्त्रालयको भनाइ छ ।

योसँगै सक्रिय संक्रमितको संख्या पाँच हजार ८०६ पुगेको छ । पछिल्लो २४ घण्टामा ४३८ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

यसैगरी पछिल्लो २४ घण्टामा दुई जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?