लोपोन्मुख जातिको भाषा र पेशा संकटमा, परम्परा जीवन्त राख्ने चुनौती बढ्दै

Read Time = 6 mins

-विवेक खड्का
दाङ । दाङ लोपउन्मुख कुसुन्डा जाति सहित कुमाल, कोरी, चमार जस्ता जातिहरूको पनि बसोबास भएको जिल्ला हो । तर अहिले ती जातिहरूको भाषा, पेशा र परम्परा भने संकटमा पर्दै गएको छ । संरक्षणमा सम्बन्धित समुदाय र राज्यको पहल नहुँदा भाषा र पेशा संकटमा परिरहेको जानकारहरूको बताउँछन् ।

कुसुन्डा जातीमा अहिले भाषालाई जीवत राख्ने चुनौती बढ्दै गएको छ । विगत देखि भाषा संरक्षणका लागि कैयन प्रयासहरू भए पनि भाषा जानकारहरूको अभावले भाषा संरक्षणमा चुनौती थपिदै गएको अगुवाहरूको भनाइ छ । नेपालमै कुसुण्डा भाषा बोल्ने र त्यो भाषाका विषयमा पूर्ण जानकार, भाषा संरक्षक दाङकी ज्ञानीमैया कुसुण्डाको दुई वर्ष अघि ८५ वर्षको उम्मेरमा निधन भएपछि भाषा पुस्तान्तर हुन नसक्दा संरक्षणमा समस्या देखिएको हो ।

भाषा संरक्षणका लागि उहाँको स्थान ओकट्ने अन्य कुसुन्डा समुदायमा देखिएका छैनन् । उहाँपछि भाषा संरक्षण लोप हुने अवस्थामा पुगेको कुसुन्डा विकास समिति केन्द्रीय अध्यक्ष धनबहादुर कुसुन्डाले बताउनुभयो । लमही नगरपालिका वडा नं. ६ कुल मोहर र घोराही उपमहा–नगरपालिकाका विभिन्न वडामा गरेर ७४ जना कुसुण्डा बसोबास गर्दै आएका छन् । कुसुन्डा विकास समितिका अध्यक्ष धनबहादुर कुसुण्डको भाषा जोगाउन हम्मे–हम्मे भएको गुनासो छ ।

‘ज्ञानीमैया आफ्नो भाषालाई संस्थागत बनाउन र पुस्ता हस्तान्तरण गर्न खोज्दै हुनुहुन्थ्यो, उहाँकै आग्रहमा भाषा संरक्षण र सिकाइका लागि कुसुण्डा जातिका अन्य व्यक्तिलाई सिकाउनसमेत थालिएको थियो’, अध्यक्ष धन बहादुरले भन्नुभयो, ‘उहाँले आफूले ल्याएको योजना पूरा गर्न सक्नु भएन तर हामीले धेरथोर मात्रै प्रयास गरेका छौँ, त्यो प्रयासको प्रभावकारिता के हुने अन्यौलमा नै छौँ ।’

ADVERTISEMENT

कुसुण्डा भाषामा दोहोरो कुरा गर्ने अहिले कोहि छैन । ज्ञानीमैया र उहाँको एकजना बहिनी कमला भएर दोहारो सम्वाद गर्दै आउनुभएको थियो, ज्ञानीमैया अस्ताए पछि यो अभ्यास अहिले टुटेको छ । दुईजनाले मात्रै आफ्नै भाषामा कुराकानी गर्थे, अब भाषा जगेर्ना गर्न समस्या भइरहेको छ, समितिका अध्यक्ष धनबहादुरले भन्नुभयो, 'हामीले केही मात्र सिकेका छौँ, तर भाषा रूजु गर्ने भाषा संरक्षकको अभाव सधै खड्किरहेको छ ।'
कुसुण्डा भाषालाई अहिलेसम्म बचाएर राखेको र त्यसबाट नै केही आफूहरूले सिकेको धनबहादुर बताउनुहुन्छ । कुसुण्डा जातिको जंगली जीवनको समाप्तिसँगै भाषा संस्कृति पनि संकटमा परेको उहाँको भनाइ छ । कुसुण्डा भाषाका अनुसन्धानकर्ता उदय आलेले कुसुण्डा भाषाको लागि मूल स्रोत नै अहिले नरहेको बताउनुभयो । आलेले भन्नुभयो, ‘ज्ञानीमैया पछि भाषा संरक्षणको मुलस्रोत हराएको छ । लोपोन्मुख कुसुण्डा भाषा पूर्णरूपमा जान्ने व्यक्ति देशभर जम्मा एकजना मात्रै रहेको र त्यो पनि ज्ञानी मायाको संगतले केही भाषा उहाँमा सरेको छ ।'

दाङमा कुसुण्डा जातिको संख्या ७४ रहेको छ । देशभर एक सय ५६ जना रहेको कुसुण्डा जातिका मानिसहरू रहेको समाजका अध्यक्ष धनबहादुरले जानकारी दिनुभयो । अहिले दाङमा २३ जनाले दोस्रो चरणको भाषा सिकेका छन् । भाषा आयोगको आयोजनामा भाषा सिकाइएको उहाँले बताउनुभयो ।

एकीकृत बस्ती निर्माण गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो । अहिले छरिएको बस्ती हुँदा भाषा संरक्षण नहुने उहाँको धारणा छ । सबै एकै ठाउँमा हुँदा मात्रै भाषाको अभ्यास हुने र संरक्षण हुने हुँदा एकीकृत वस्ती आवश्यक रहेको उहाँले बताउनुभयो । अहिले दैनिक ज्यालादारीको श्रम गरेर जीवन निर्वाह गरिरहेका छन् । लोपोन्मुख कुसुण्डा जातिको शब्दकोष निर्माण भएको छ । अहिले भाषा संरक्षणको लागि त्यो शब्दकोषको प्रयोग हुन सुरू भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?