नीलकण्ठ नगरपालिका धादिङले पायो बहुप्राविधिक शिक्षालय सञ्चालन गर्ने अनुमति

Read Time = 5 mins

-वावुराम श्रेष्ठ
धादिङ । नीलकण्ठ नगरपालिका धादिङले नीलकण्ठ बहुप्राविधिक शिक्षालय सञ्चालन गर्ने अनुमति पत्र प्राप्त गरेको छ ।

नगरपालिकाले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषदबाट स्विकृति प्राप्त गरेसँगै कक्षा सञ्चालनको लागि अनुमति पाएको हो । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटीई) बाट नीलकण्ठ नगरपालिकाले बहुप्राविधिक शिक्षालयले कक्षा सञ्चालनका लागि अनुमति पाएको हो ।

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्को साउन १२ गते बसेको १९० औं बैठकबाट जारी भएको कार्यक्रम सञ्चालन गर्नेबहुप्राविधिक शिक्षालयलाई डिप्लोमा तहका शैक्षिक कार्यक्रम सञ्चालनका लागि सम्बन्धन दिने निर्णय गरेको हो । नीलकण्ठ नगरपालिकालेबहुप्रादेशिक शिक्षालय सञ्चालनका लागि सीटीईभीटीईसँग अनुमतिका लागि आवेदन दिएको थियो । स्थानीय तहसँगको साझेदारीमा सात विषयका प्राविधिक कक्षा सञ्चालनका लागि अनुमति दिएको सीटीईभीटीईले भीमदत्त नगरपालिकालाई चालू शैक्षिक सत्र २०७९÷०८० बाट कक्षा सञ्चालनका लागि अनुमति दिएको छ ।

सीटीईभीटीईले प्रमाणपत्र तहका सात विषयका कार्यक्रम सञ्चालन गर्न, भौतिक सामग्री तथा मेसिन औजार र प्रशिक्षकको व्यवस्थापन पूर्वाधार निर्देशिका, पाठ्यक्रमबमोजिम गुणस्तरीय प्रशिक्षकका लागि व्यवस्था गर्न अनुमति दिएको नीलकण्ठ नगरपालिकाले जनाएको छ । नगर प्रमुख भीम प्रसाद ढुंगाना,उप प्रमुख दीपक विश्वकर्मा सहिको टोलीले अनुमति प्राप्त भएको चिठ्ठी बुझ्नु भएको छ । नगरपालिकाले डिप्लोमा इन इन्जिनियरिङ (स्पेसल हाइड्रो पावर) ४० र अटोमोबाइल २४ सिटमा यसै शैक्षिक सत्रबाट कक्षा सुरु गरिने भएको छ । फार्मेसी चिकित्सा शिक्षा भने आयोगको केहि प्रकृया पुरा गरेपछि मात्र सञ्चालन गरिने भएको छ ।

भौतिक पुर्वाधार कक्षा, कोठा, प्रयोगशाला, कार्यशालाहरु, पुस्तकालय, मानव संसाधन र प्रयोगात्मक अभ्यासको सम्पुर्ण तयारीको लागि नीलकण्ठ नगरपालिकाले १ करोड ५० लाख रुपैँया बिनियोजित गरिसकेको नगर प्रमुख भीम प्रसाद ढुंगानाले बताउनुभयो । स्थानीय तहको निर्वाचन आफुहरुले अघि सारेको प्रतिबद्धता र जनताको चाहना, समयसापेक्ष शिक्षाको मागअनुरुप बहुप्राविधिक शिक्षालय सञ्चालनमा ल्याईएको नगर प्रमुख भीम प्रसाद ढुंगानाले बताउनुभयो । नीलकण्ठ बहुप्राविधिक शिक्षालय सञ्चालनको अनुमति पाउनु र यसै आर्थिक बर्षबाट कक्षा सञ्चालन हुनु गौरवको कुरा भएको नगर उप प्रमुख दीपक विश्वकर्माले जानकारी दिनुभयो । आफ्नो एक दशकको सपना पुरा भएको भन्दै उप प्रमुख दीपक विश्वकर्माले यस अभियानमा सहयोग गर्ने सबैलाई धन्यवाद दिनु भएको छ । बाहिर गएर बढी शुल्क तिरेर पढ्नुपर्ने बाध्यता हट्ने भन्दै विश्वकर्माले यसले दक्ष जनशक्ति समेत उत्पादन हुने बताउनुभयो । गरिबी विद्यार्थीहरुले अब बाहिर गएर पढ्नु पर्ने झन्झट हटेको तर्क गर्नुभयो ।

विद्यार्थीहरुको रोजाई र माग अनुसार जिल्लामा बहुप्राविधिक शिक्षालय सञ्चालन गर्न पाउँनु खुसीको कुरा भएको बताउनु भयो । उहाँले आफु उप मेयर भएपछि कै पहिलो उदाहरणीय काम गरेको दावी गर्नुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?