-निरोज कोइराला
भोजपुर । अव मुलुकमा एक्लै निर्वाचनमा जाने शक्ति नेकपा(एमाले) बाहेक अरु पार्टी नरहेको नेकपा एमालेका स्थायी कमिटी सदस्य भानुभक्त ढकालले बताउनु भएको छ । प्रेस चौतारी नेपाल भोजपुर शाखाले मंगलवार बिहान सदरमुकामा गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता ढकालले एमाले एक्कै बहुमत ल्याउने गरी निर्वाचनमा होमिन लागेको बताउनु भयो ।
अहिले एमाले र कांग्रेसको दुई कित्ता देखिएको बताउँदै पूर्वमन्त्री समेत रहनु भएका ढकालले अव एमालेको बिकल्प अरु पार्टी हुन नसक्ने बताउनु भयो । मंसिर ४ गतेसम्म मुलुकले जति दुख पाए पनि सो पश्चात नयाँ निकाश आउने नेता ढकालको धारणा छ । सुखी नेपाली, समृद्ध नेपालको नारालाई मंसिर ४ पछि बन्ने एमाले सरकारले पुरा गर्ने नेता ढकालको भनाई छ ।
अहिलेको गठवन्धनलाई बैशाखीकी संज्ञा दिदै नेता ढकालले भन्नुभयो “उभिन नसक्नेले मात्र बैशाखी खोज्ने हो ।” अहिलेको सरकारले जाल, झेल, अनियमितता, भष्ट्रचारको योग्यता मात्र देखाएको आरोप लगाउँदै नेता ढकालले मुलुकको अर्थतन्त्र समेत तहसनहस पारिएको बताउनुभयो ।
प्रदेश १ मा संचालन भई रहेको प्रशिक्षण कार्यक्रममा सहभागि हुनेक्रममा भोजपुर आउनु भएका ढकालले एमालले अहिले महगी, भष्ट्रचार, राष्ट्रघाती कदमको बिरोध गर्दे पार्टी सुदृढीकरणमा लागेको बताउनुभयो । ढकालले यो महिना भरीमा सवै जिल्लामा पार्टी प्रशिक्षण समेत सकिने बताउनुभयो ।
सर्वोच्चका प्रधानन्यायाधिश माथिको महाअभियोगको बिषय टुंगोमा पुर्याउन भन्दा पनि चोलेन्द्रसम्सेर माथि लाठी देखाएर अरु न्यायाधिशहरुलाई तर्साउनका लागि ल्याईएको बताउँदै नेता ढकालले महाअभियोग पास गर्न र अदालन सुदृढीकरणका लागि नल्याईएको आरोप समेत लगाउनु भयो ।
सस्तो लोकप्रियताका लागि सरकारले नागरिकता बिध्येक ल्याएको बताउँदै नेता ढकालले भारत लगायतका बाहिरी मुलुकबाट बिवाह गरी आएको खण्डमा पनि ७ बर्ष बसोवास गरेको हुनु पर्ने अघिल्लो सरकारले गरेको ब्यवस्था समेत अहिले हटाईएको बताउनुभयो ।
पत्रकार सम्मेलनमा प्रदेश १ का पूर्वमुख्यमन्त्री शेरधन राई, स्थायी कमिटी सदस्य राजेन्द्र गौतम, प्रदेश १ का पूर्वआन्तरिक मामिला मन्त्री हिकम्त कार्की लगायतका केन्द्रिय नेता तथा जिल्ला स्थित नेता कार्यकर्ताको सहभागिता रहेको थियो ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका