बारामा मोटरसाइकल चोरी गर्ने दुईवटा गिरोह सक्रिय, एक गिरोह फक्राउ

हिमालय टाइम्स
Read Time = 3 mins

-संजीव कुमार मिश्रा

बारा । बारामा मोटरसाइकल चोरी गर्ने दुईवटा गिरोह सक्रिय रहेको छ । लामो समयदेखि बारामा मोटरसाइकल चोरीको क्रम बढेको थियो । मोटरसाइकल चोरी हुने तर पक्राउ नहुने क्रम बारामा चलिरहेको थियो । आखिरमा बाराको पचरौता नगरपालिका-७ बेनौलीबाट प्रहरीले १२ वटा मोटरसाइकलसहित ६ जनालाई पक्राउ गर्न सफल भएको छ । एकै जनाले १५० वटा मोटरसाइकल चोरी गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरिक्षक होविन्द्र बोगटीले जानकारी दिनुभयो ।

साउन १९ गते महागढीमाई नगरपालिकाबाट दुई थान मोटरसाइकल चोरी गरी भाग्ने क्रममा पचरौता नगरपालिकाका २१ वर्षीय विशालकुमार सहनी र २० वर्षीय भोला पटेललाई प्रहरीले तत्काल पक्राउ गर्न सफल भएको मंगलबार पत्रकार सम्मेलनको आयोजना गरी उहाँले जानकारी दिनुभयो ।

उनीहरू माथि चोरी मुद्दामा बारा जिल्ला अदालतबाट म्याद थप गराई अनुसन्धान गर्ने क्रममा उनीहरूको बयानको आधारमा मोटरसाइकल चोरीमा थप चार जनालाई पक्राउ गरिएको प्रउ बोग्टीले भन्नुभयो, ‘पक्राउ परेका चार जनाबाट १० वटा चोरीको मोटरसाइकल बरामद गरिएको छ । मोटरसाइकल चोरीमा पचरौता नगरपालिका–७ बनौलीका २१ वर्षीय विशालकुमार सहनी, २० वर्षीय भोला पटेल, २० वर्षीय वृजमोहन साह सोनार, २० वर्षीय विजय पटेल, २४ वर्षीय हरिनारायण पटेल र २३ वर्षीय बरक सहनीलाई पक्राउ गरिएको उहाँले बताउनुभयो ।’

पक्राउ परेकाहरूबाट यामाहा, बजाज पल्सर, बजाज पलाटीना लगायतका १२ वटा चोरीको मोटरसाइकल बरामद गरिएको छ, उहाँले भन्नुभयो, ‘यी गिरोहका नाइके वृजमोहन साह सोनार हुन र उनले एक्लै १५० भन्दा बढी मोटरसाइकल चोरी गरेको उहाँले बताउनुभयो ।’

सोनारले यो भन्दा अगाडी पनि मोटरसाइकल चोरीमा पक्राउ परि अदालतबाट धरौटीमा रहेको प्रउ बोग्टीले बताउनुभयो । उनी धरौटीमा रहे पनि उनको चोरी गर्ने बानीमा कुनै परिवर्तन नआएको उहाँले बताउनुभयो । गिरोहले विशेष गरि भिडभाड हुने कार्यालयहरू जस्तै मालपोत, जिल्ला प्रशासन वा एकान्तमा घर भएकाहरुको मोटरसाइकललाई टारगेट गर्ने गरेको उहाँले जानकारी दिनुभयो । अहिले पनि मोटरसाइकल चोरी गर्ने अर्को गिरोह सक्रिय रहेको र हामीले गिरोहलाई पक्राउ गरी चाँडै सार्वजनिक गर्ने प्रउ बोगटीले बताउनुभयो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?