काठमाडौं । मनास्लु वल्र्ड कलेजले नेपाली राष्ट्रिय फुटसल टोलीका मुख्य प्रशिक्षक गौरव बस्नेतलाई कलेजको प्रशिक्षकमा नियुक्त गरेको छ । चाबहिल चुच्चेपाटीमा रहेको मनास्लु कलेजले प्रशिक्षक बस्नेतलाई कलेजको मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो ।
प्रशिक्षक बस्नेतले साउन पहिलो सातादेखि टिप्टो फुटसल एकेडेमी सञ्चालनमा ल्याउनुभएको थियो । टिप्टो फुटसल एकेडेमीमा यू-४ देखि यू–१५ वर्षसम्मका बालबालिकाका लागि प्रशिक्षण हुनेछ । मनास्लु कलेजले स्थापनाकालदेखि नै विभिन्न विधाका खेलाडीहरूलाई पूर्ण छात्रवृत्ति प्रदान गर्दै आइरहेको छ । यसै वर्षको शैक्षिक सत्रदेखि मनास्लुले फुटबल र फुटसलमा विशेष प्रशिक्षण तथा उत्कृष्ट टोली बनाउने लक्ष्य लिएको छ ।
मनास्लुले सम्पूर्ण युवा विद्यार्थी खेलाडीको विकासका लागि कलेजले विशेष कार्यक्रम गर्दै आइरहेको कलेजका प्रिन्सिपल राजन श्रेष्ठले बताउनुभयो । मनास्लुले यसै शैक्षिक वर्षदेखि खेलकुद विज्ञान विषयको अध्यापन सुरू गर्ने कलेज प्रशासनले जनाएको छ ।
मनास्लुले यसअघि राष्ट्रिय टोलीका पूर्व कप्तान सागर थापालाई ब्रान्ड एम्बासडरमा नियुक्त गरेको थियो । नेपाली यू-१६ टोलीको कप्तानी गरेका जान लिम्बूलाई प्लस टु अध्ययनका लागि पूर्ण छात्रवृत्ति प्रदान गरिसकेको छ । यस्तै मनास्लुले १३औँ सागका दोहोरो स्वर्णधारी मन्डेकाजी श्रेष्ठ तथा ओलम्पियन पलेशा गोवद्र्धन श्रेष्ठलाई पनि सम्मान गरिसकेको छ ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका