उल्भ्समा गुएडेस अनुबन्धित

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । इंग्लिस प्रिमियर लिग क्लब उल्भ्सले पोर्चुगिज फरवार्ड गोन्कालो गुएडेसलाई अनुबन्ध गरेको छ । उल्भ्सले गुएडेसलाई स्पेनिस क्लब भ्यालेन्सियाबाट अनुबन्ध गरेको हो । २५ वर्षीय फरवार्डले उल्भ्ससँग पाँच वर्षको सम्झौता गर्नुभएको छ ।

गुएडेसलाई उल्भ्सले २७.५ मिलियन पाउन्डमा अनुबन्ध गरेको हो । राउल जेमिनेज चोटका कारण लामो समय मैदानबाहिर रहने भएपछि उल्भ्सले उहाँलाई अनुबन्ध गरेको हो । उहाँ २०१८ मा पिएसजीबाट भ्यालेन्सिया आउनुभएको थियो । उहाँले भ्यालेन्सियाका लागि १४६ ला लिगामा २८ गोल गरिसक्नुभएको छ । उहाँले स्पेनिस क्लबका लागि कुल १७८ खेलमा ३६ गोल गर्नुभएको छ । उहाँले पोर्चुगलका लागि ३२ खेलमा सात गोल गरिसक्नुभएको छ ।

यस्तै बेल्जियन फरवार्ड ड्रिज मर्टेन्स टर्किस क्लब गालातासारेमा अनुबन्धित हुनुभएको छ । टर्किस क्लबले मर्टेन्सलाई फ्री ट्रान्सफरमा अनुबन्ध गरेको हो । ३५ वर्षीय फरवार्डले गालातासारेसँग एक वर्षको सम्झौता गर्नुभएको छ । इटालियन क्लब नापोलीसँगको सम्झौता अन्त्य गर्दै उहाँ टर्की आउनुभएको हो । नापोलीका लागि उहाँले २९५ लिग खेलमा ११३ गोल गर्नुभएको छ । बेल्जियमका लागि उहाँले १०५ खेलमा २१ गोल गरिसक्नुभएको छ ।

यता मिडफिल्डर इस्कोले स्पेनिस क्लब सेभियामा २२ नम्बरको जर्सी लगाउने हुनुभएको छ । सेभियाले हालै अनुबन्धित इस्कोले २२ नम्बरको जर्सी लगाउने जनाएको छ । सेभियाले इस्कोसँग औपचारिक सम्झौतासमेत गरेको छ । इस्कोले सेभियासँग दुई वर्षको सम्झौता गर्नुभएको छ । रियलका लागि इस्कोले ३५२ खेलमा ५३ गोल गर्नुभएको थियो । इस्कोले रियलबाट चार च्याम्पियन्स लिग र तीन ला लिगा जित्नुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?