विहार राज्यका मुख्यमन्त्री नितिशद्वारा राजीनामा

Read Time = 2 mins

पटना । भारतको विहार राज्यका मुख्यमन्त्री नितिश कुमारले राजीनामा दिनुभएको छ । योसँगै उहाँले नयाँ सरकार गठनका लागि १६० सदस्यहरूको समर्थनसहितको पत्रसमेत तयार गर्नुभएको छ । मंगलबार नितिशले भाजपासँग गठबन्धन तोड्नुभएको हो । त्यसलगत्तै उहाँले जनता दल युनाइटेडका सदस्यहरूसँग छलफल गर्नुभएको थियो । आफ्ना पार्टीका सांसदहरूले उहाँको निर्णयमा समर्थन गरेपछि उहाँले राजीनामा दिनुभएको हो । भाजपा नेता तथा संघीय गृहमन्त्री अमित साह आफ्नो पार्टी फुटाउन लागि परेको आरोप नितिशले लगाउनुभएको छ ।

भाजपासँगको सहकार्य तोड्दै नितिशले राष्ट्रिय जनता दल (राजद), भारतीय राष्ट्रिय कांग्रेस र वाम दलहरूको समर्थनमा सरकार बनाउने बताइएको छ । पटक–पटक सरकार बनाउनका लागि गठबन्धन फेरिरहने नितिश राजदको समर्थनमा पुनः मुख्यमन्त्री बन्ने देखिएको छ । उहाँले भारतीय इतिहासमै सबैभन्दा बढी आठ पटक मुख्यमन्त्रीका रूपमा शपथ लिनुहुनेछ । उहाँ यस्तो मुख्यमन्त्री हो जसको पार्टीले कहिल्यै पूर्ण बहुमत ल्याएको छैन तर पनि १५ वर्षदेखि विहारको मुख्यमन्त्री हुनुहुन्छ ।

उहाँले आफ्नो पार्टीका नेता आरसीपी सिंहलाई अमित साहको कठपुतली बनेको आरोपसमेत लगाउनुभएको छ । भ्रष्टाचारको आरोप लागेपछि सिंहले जेडीयुबाट राजीनामा दिनुभएको थियो ।

२०१७ मा ७१ सिट भएको जदयू भाजपासँगको तालमेलमा २०२० को चुनावमा मात्र ४५ सिटमा विजयी भएको थियो । कुनै समय विहारमा ‘सुशासन बाबु’ का नामले समेत चिनिने नितिशको लोकप्रियता पछिल्लो समय भने घट्दै गएको छ । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?