प्रसारलाई तीव्र बनाउँदै कृष्ण लीला

हिमालय टाइम्स
Read Time = 2 mins
A A- A+

काठमाडौं । आगामी भदौ ३ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको नयाँ चलचित्र ‘कृष्ण लीला’को टिमले यतिबेला प्रसारको काम तीव्ररूपमा अगाडि बढाइरहेको छ । दर्शक समक्ष आफ्नो चलचित्र पनि आइरहेको छ भन्न विभिन्न योजना बनाइरहेको यो चलचित्र टिमले साउने सोमबारको अवसरमा पशुपति क्षेत्रमा निःशुल्क पानी वितरण गरेको छ ।

चलचित्रका नायक पुष्प खड्का, नायिका श्रद्धा क्षेत्री निर्देशक दीपक ओलीलगायतले पशुपति क्षेत्रमा निःशुल्क पानी वितरण गर्नुभएको हो । प्रकाश कार्की र केबल तामाङ निर्माता रहेको चलचित्रको सहनिर्मातामा पीताम्बर आचार्य र रोजन श्रेष्ठ हुनुहुन्छ ।

चलचित्रमा पुष्प खड्का, श्रद्धा क्षेत्री, बुद्धि तामाङ, रवीन्द्र झा, नवीन रेग्मी, भावनाका साथमा हिउँवाला गौतम, आयुष गुरागाईँ, आयुषा क्षेत्री, पीताम्बर आचार्यलगायत कलाकारले अभिनय गर्नुभएको छ । आरआर फिल्म प्रोडक्डसनको ब्यानरमा निर्मित चलचित्रको वितरक पनि आरआर फिल्मस नै हो । चलचित्रको डिजिटल राइट्स डिएआर मुभिजले लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?