चिनियाँ फिल्म फेष्टिभलमा प्रदर्शन हुँदै राधा

Read Time = 1 min

काठमाडौं । नेपाली कथानक चलचित्र ‘द सेक्रेट अफ राधा’ चिनियाँ फिल्म फेष्टिभलमा प्रदर्शन हुने भएको छ । निर्देशन सुवर्ण थापाले ‘राधा’ चिनियाँ फिल्म फेष्टिभलमा प्रदर्शनका लागि छनोट भएको जानकारी दिनुभएको हो ।

खुशीको खबर भन्दै निर्देशक थापाले चाइना पर्फमेन्स इन्ड्रस्टिज एसोसिएनको आयोजनामा हुने ‘बेइजिङ इन्टरनेसनल डान्स भिडियो फेस्टिभल, २०२२’ मा ‘राधा’ प्रदर्शनका लागि छनोट भएको जनाउनु भएको छ । चलचित्र ‘राधा’ भदौ १० गते नेपालमा रिलिज हुँदै छ । सुवर्ण निर्देशित चलचित्रमा श्रृष्टि श्रेष्ठ, खगेन्द्र लामिछाने, निश्चल बस्नेत, सौगात मल्ल, दयाहाङ राई, मेनुका प्रधान, बुद्धि तामाङलगायत कलाकारको आभिनय छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?