‘माइकल अधिकारी’को ‘छुकछुक रेलगाडी’ सार्वजनिक

Read Time = 1 min

काठमाडौं । गोपिकृष्ण मुभिजको प्रस्तुतिमा तयार भएको चलचित्र ‘माइकल अधिकारी’ले सेरोगेसीको कथा उठान गरेको छ । यसै चलचित्रमा समावेश ‘छुकछुक रेलगाडी’ बोलको गीत सार्वजनिक गरिएको छ । यसअघि चलचित्रको ट्रेलर सार्वजनिक भइसकेको छ ।

शैलेष कँडेल क्षेत्रीको शब्द, रेभान सिंहको संगीत रहेको गीतमा प्रताप दास र अस्मिता अधिकारीको स्वर छ । गीतको भिडियोमा केही संवादहरू समेत समावेश गरिएको छ । रञ्जित रौनियारको निर्देशनमा तयार भएको यो चलचित्रलाई निरक पौडेलले निर्माण गर्नुभएको हो ।

शैलेष कँडेल क्षेत्रीकै पटकथा तथा संवाद रहेको चलचित्रमा राजुविक्रम थापाको छायांकन, मित्र डी गुरुङको सम्पादन, कमल राईको कोरियोग्राफी छ । चलचित्रमा सौगात मल्ल, श्रृष्टि श्रेष्ठ, आशान्त शर्मा, लुनिभा तुलाधर, ऐनी कुँवर, हेमन्त बुढाथोकी, विद्या कार्की लगायतको अभिनय छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?